एस.पी ज्ञवालीका लागि रुपन्देही बसाई किन बन्यो स्वर्णिमकाल ?

0
1337

श्याम ज्ञवाली
प्रहरी उपरिक्षक, जिल्ला प्रहरी कार्यालय रुपन्देही
एक बर्षको रुपन्देही बसाई व्यक्तीगत रुपमा असाध्यै स्वर्णिमकाल रह्यो, सन्तुष्ट छु । यसको आधार के भने, म आउंदाखेरी यंहा दुई वटा गम्भिर चुनौती थिए । एउटा हाम्रो आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन थियो, त्यो आफैमा गम्भिर बिषय थियो । अर्को मैले देखेको चुनौती, म आउने कै दिन म मणिग्राममा उद्योगी व्यवसायी साथीहरु संग अन्र्तक्रिया गर्न आउनु परेको थियो । किनकी त्यो भन्दा केहिदिन अघि सिरिषा मार्वलमा गोलि काण्ड भएको रहेछ, त्यो सन्र्दभलाई समेत जोडेर उद्योगी व्यवसायीहरु आन्दोलित भएको अवस्थामा म यहां आएको थिएं । र मैले धेरै समय त्यही आपराधिक जालोलाई तहस नहस पार्न खर्चिएं । त्यो अहिले पूर्णतय ध्वस्त भएको छ । अनि अर्को एक बर्षभित्र भएका सम्पूर्ण गम्भिर प्रकृतिका अपराधहरुमा अनुसन्धान भएर कानुनको दायरामा आएका छन ।
रुपन्देहीमा तपाईलाई सबै भन्दा बढि चर्चा पुर्याएको र स्याबासी दिलाएको मनोज पुन समुहको तहस नहस पारेको घटनालाई कसरी लिनुहुन्छ ?
मैले बिशेष काम गरें भन्नु भन्दा पनि म पूर्ण व्यवसायीक निष्ठाका साथ एउटा प्रहरी अधिकारीले गर्नुपर्ने काम नै गरेको हो । र यो मैले मात्रै नभएर मेरो सिंगो टिमले सम्पन्न गरेको काम हो । र त्यसको साथसाथै मनोज पुनको घटना पश्चात त्यो समुहमा रहेर बिभिन्न आवरणमा रहेर यंहाका उद्योगी व्यवसायीहरुलाई हैरानी पार्ने समुहको पक्राउ अझ अझ चुनौतीपूर्ण थियो । तिनिहरु पक्राउ परेपछि नागरिकमा अझ विश्वास छाएको मैले महसुस गरेको छु । र यो सबैको लागि मलाई बल मिलेको के भने, यहांको नागरिक समाज असाध्यै सहयोगी र मिडियाकर्मीहरुको रचनात्मक सहयोगले मेरो कार्यकाल स्वर्णिम बनाउन मद्धत गर्यो । साथ साथै यहांका राजनितिक दलका केन्द्र देखि जिल्ला तहका नेताहरुले मेरो काम कारबाहीमा असाध्यै सहयोग गर्नुभयो । कंहि कतैबाट पनि हामीलाई ब्यवधान आएन, यो गर, त्यो नगर भन्ने खालको दबाब झेल्नु परेन । अत्यन्तै सहज रुपमा कार्य सम्पादन गर्ने मौका पाएं । म एक बर्ष सम्म यहां बस्दा जुन माया सदभाव प्राप्त गरें त्यसको निम्ति हार्दिक आभार व्यक्त गर्न चाहान्छु । रुपन्देही जिल्ला आर्थिक, प्रशासनिक केन्द्र बिन्दु बनेको छ । त्यसैले भोलीका दिनमा पनि सुरक्षा चुनौतीहरु कायमै छन । तसर्थ सामाजमा शान्ति सु व्यवस्था कायम राख्न प्रहरीलाई सहयोग गर्न । सूचना उपलब्ध गराउन हार्दिक अपिल गर्दछु । प्रहरी नागरिकको लागि हो, शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएको छ, यसबाट त्यस्तो कुनै पनि बेइमानी हुंदैन । यो संस्थागत रुपमाले यो अभिन्न संस्था हो, हामीलाई नभई नहुने संस्था हो । अपराध त त्यही समाजमा हुन्छ नि, थोरै जंगलमा हुन्छ र ? थोरै ओडारमा हुन्छ र ? त्यो हुने त समुदायमा हो, समाजमा हो । त्यही समुदायका मानिसलाई सबै कुरा जानकारी हुन्छ । त्यो जानकारी नआउनुको कारण हामी प्रतिको विश्वास नभएर हो । त्यसमा सबैले नेपाल प्रहरीलाई विश्वास गर्नुस, त्यो विश्वासले समाजमा शान्ति सुरक्षा कायम गर्नको लागि अझ अहम भुमिका खेल्छ भन्ने लाग्छ । त्यसैले म यहि कुरा निवेदन गर्न चाहान्छु ।
(जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका एसपी श्याम ज्ञवालीसंग धिरज पौडेलले गर्नुभएको कुराकानीमा आधारित ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here