कुर्घेलीहरुले शंकरनगरमा तीज विशेष कार्यक्रम गर्दै

0
322

तिलोत्तमा, भदौ १८ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ (साविक कुर्घा गाविस) बाट रुपन्देही आई बसोबास गरेका कुर्घेलीहरुले सामूहिक रुपमा तिज मनाउने भएका छन् । गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजले यहीँ भदौ २३ गते शनिबार तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रम तिलोत्तमाको शंकरनगर वनवाटिकामा आयोजना गरिएको समाजका अध्यक्ष तेज नारायण अर्यालले जानकारी दिनुभयो । संघीय संसदकी सांसद मैनादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने उहाँले बताउनुभयो । कार्यक्रममा रुपन्देहीमा रहेका कुर्घेली दिदीबहिनीका साथै दाजुभाई र आमाबुबाहरुको समेत सहभागिता रहने अध्यक्ष अर्यालले बताउनुभयो । समाज गठन भएसँगै कुर्घेलीहरुको पहिलो पटक यसरी जमघट हुन थालेको हो ।
कार्यक्रमले कुर्घेलीहरुबीच भातृत्वको विकास गराउँदै जन्मभूमिप्रतिको कर्तव्यबोधलाई उजागर गराउने अध्यक्ष अर्यालको विश्वास छ ।
कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र सहभागीहरुलाई दर समेत खुबाइने समाजले जनाएको छ । यस्तै कुर्घेलीहरुको विवरणसहितको डाइरेक्ट्री प्रकाशनको तयारी रहेकाले घरमूलीको दुई÷दुई प्रति फोटोसहित सहभागी हुन समाजले आग्रह गरेको छ ।
सोही कार्यक्रममा ८४ वर्ष पुगेका जेष्ठ नागरिकका साथै समाजलाई महत्वपूर्ण सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।
स्थापनाको छोटो समयमैं विभिन्न काम गर्दै आएको समाजले यसअघि रक्तदान कार्यक्रम गरिसकेको छ । कुर्घेलीहरुको सुख, दुःखमा सहभागी बन्दै आएको समाजले आगामी दिनमा सबैको सल्लाह र सुझावका आधारमा अघि बढिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here