तिलोत्तमामा खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी

0
587

तिलोत्तमा, भदौ २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदो असोज ३ गते खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । संविधान दिवसको अवसरमा नगरस्तरीय प्रथम मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । प्रतियोगिता वडा नं १४ खैरिया सुपौली स्थित साविक नर्मदेश्वर प्रा.वि. मा हुने नगरपालिकाले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न गठित समितिको मंगलबार बसेको बैठकले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा क्लब, विद्यालय, कलेज, संघ–संस्थाहरुलाई असोज १ गतेसम्म नाम दर्ता गराउन आग्रह गरेको छ ।
सहभागी टिम दर्ता शुल्क एक हजार कायम गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैंयाँ प्राप्त गर्ने संयोजक खेमराज गुरुङले जानकारी दिनुभयो । यस्तै द्धितीय हुनेलाई ३० हजार तथा तृतीय हुनेलाई १५ हजार रुपैंयाँ पुरस्कार राखिएको छ । टिम दर्ताका लागि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here