लुम्बिनी टिभीद्वारा स्रष्टा सम्मान

0
88

बुटवल, भदौ २८ । महिलाहरुको चाड हरितालिका तीज पर्वको अवसरमा लुम्बिनी सामुदायिक टेलिभिजनले श्रष्टा सम्मान तथा तीज महोत्सव–२०७५,सम्पन्न गरेको छ । टेलिभिजनले तीज पर्वको अवसरमा तीज महोत्सव तथा श्रष्टा सम्मान गर्दै आएको छ ।
यस वर्षको तीजको अवसरमा टेलिभिजनले बुटवलको ट्राफिक चोकमा तीजमहोत्सव तथा स्रष्टा सम्मान गरेको हो । उक्त कार्यक्रममा टेलिभिजनले यसवर्ष महिला आन्दोलनकी अगुवा समाजसेवी मैया भट्टराईलाई सम्मान गरेको छ । हरेक आन्दोलनमा अगुवाई गर्दै आएकी भट्टराईलाई नगद २० हजार रुपैंयाँ र कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको टेलिभिजनका महासचिव दिनेश पाण्डेले जानकारी दिए । टेलिभिजनका अध्यक्ष एजाज आलमले मैया भट्टराईलाई सम्मान गरेका थिए ।
२०७० सालदेखि हरेक वर्ष श्रष्टा सम्मान गर्दै आएको टेलिभिजनको पहिलो वर्ष चारजना र यसवर्ष गरी ८ जना महिलाहरुलाई सम्मान गरिएको छ । टेलिभिजनले यसअघि २०७० सालमा सामाजिक क्षेत्रबाट सावित्रा अर्याल र ईरादेवी थैव तथा राजनीतिक क्षेत्रबाट मरुल निशा र जागेश्वरी चौधरीलाई सम्मान गरेको थियो । त्यसैगरी ०७१ सालमा लोक गायिका लक्ष्मी न्यौपाने, २०७२ सालमा विमाकुमारी दुरा र २०७३ सालमा शर्मिला गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here