तिलोत्तमाले मनायो बाल दिवस

0
194

तिलोत्तमा, भदौ २९ । तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बाल दिवस मनाएको छ । बाल दिवसको अवसरमा नगरपालिकाले नगरस्तरीय वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरेको हो । वक्तृत्वकलाको विषय “ग्रिन तिलोत्तमाः क्लिन तिलोत्तमा” मा विद्यार्थीको भूमिका भन्ने रहेको थियो ।
वक्तृत्वकला प्रतियोगितामा पामिर इङलिश बोर्डिङ स्कुलकी छात्रा प्रतीक्षा खराल प्रथम भएकी छन् । ३३ विद्यालयका प्रतिष्पर्धीलाई पछि पार्दै पामिरकी कक्षा ९ मा अध्ययनरत प्रतीक्षा प्रथम हुन सफल भएकी हुन् । त्यसैगरी वक्तृत्वकलामा जनजागृती माविकी स्नेहा पौडेलले द्वितीय स्थान हासिल गरेकी छन् । त्यस्तै शान्ति नमूनाकी दीपा पाण्डे तृतीय र प्यारामाउन्ट माविका सौरभ पौडेल सान्त्वना भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा एसईई र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियो । नगर उपप्रमुख जागेश्वरी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख हरि ज्ञवाली, विद्यालय निरीक्षक सुदिप गिरीलगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here