तिलोत्तमा, ३० भदौ । रोटरी क्लव अफ रुपन्देहीले इलाका प्रहरी कार्यालय मंगलापुरलाई कार्यालय प्रयोजनका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।
क्लबले कार्यालयको प्रयोजनको लागि ईन्भटर तथा बेन्चहरु सहयोग स्वरुप हस्तान्त्रण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिती तिलोत्तमा न.पा वडा न.७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले रोटरीले समाज सेवामा पुर्याएको योगदानको बारेमा चर्चा गर्दै यस्ता सहयोगले रोटरीयनको सख्यामा वृद्धी हुने विश्वास ब्यक्त गर्नुभयो । बिशिष्ठ अतिथी इलाका प्रहरी कार्यालयका प्रमुख युवराज पाण्डले रोटरीले प्रदान गरेको सहयोग प्रति आभार प्रकट गर्दै प्रहरी र रोटरीयनहरुको सहकार्यबाट नै समाजमा शान्ती सुरक्षा कायम गर्न सहज हुने धारणा व्यक्त गर्नु भयो । रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष हरि प्रसाद न्यौपानेको अध्यक्षता र रोटरी कल्व अफ रुपन्देहीका पूर्व अध्यक्ष देवानन्द पाण्डेको स्वागतमा कार्यक्रम भएको थियो ।