व्यापार संघको स्थापना दिवसमा रक्तदान

0
157

तिलोत्तमा,३१ भदौ । तिलोत्तमा व्यापार संघको पांचौ स्थापना दिवस आज मनाइएको छ । स्थापना दिवसको आवसरमा संघले रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाको समग्र बिकासमा उद्योगी व्यवसायीको अहम भुमिका हुने बताउनुभयो । उहांले नगरपालिकाले करको दायरा र दरमा केहि परिमार्जन गरेपनि आत्तिनु पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । नगरप्रमुख घिमिरेले नागरिकको तिब्र बिकासको चाहानालाई पुरा गराउन करमा केहि बृद्धि गर्नु बाध्यता रहेको भन्दै बाहिर हल्ला भए जस्तो करमा बृद्धि नगरिएको दाबी गर्नुभयो ।
व्यापार संघका अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले नगरको बिकासमा हातेमालो गर्न व्यवसायीहरु तयार रहेको बताउनुभयो ।
रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संघका द्धितिय उपाध्यक्ष रामचन्द्र पाण्डेले जानकारी दिनुभयो । संघका महासचिव बिष्णु बरालको संचालनमा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here