तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

0
574

तिलोत्तमा,२ असोज । तिलोत्तमा नगरपालिकाको काम कारबाही र सेवा प्रवाहका बारेमा आज मणिग्राममा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको आयोजना तथा रेडियो लुम्बिनीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा सेवग्राही नागरिकले सेवा प्रवाह, बिकास आयोजना, कर प्रणाली लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।


नागरिकका जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउन बिभिन्न प्रयास भैरहेको बताउनुभयो । उहाले नगरपालिकाले संचालन गरेका आयोजनालाई प्रभावकारी बनाउन अनुगमन र नियमनको कार्यमा समेत कडाई गरिने बताउनुभयो । उंहाले करका बिषयमा यथार्थ भन्दा हल्ला धेरै भएको गुनासो गर्नुभयो । नगर प्रमुख घिमिरेले नगरको समग्र बिकासका लागि बिभिन्न अभियान संचालन गरिएको भन्दै पछाडी परेका क्षेत्रको बिकासमा नगरपालिका संवेदनशिल रहेको उल्लेख गर्नुभयो ।
नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक जागेश्वरी चौधरीले समितिले हाल सम्म १ सय भन्दा विवाद स्थानिय स्तरमै समाधान गर्न सफल भएको बताउनुभयो । उंहाले सामान्य विवादका मुद्धाका लागि टाढा जानु पर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगर बिकासमा हातेमालो गर्न नगरबासीहरुमा आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टिका नेता लक्ष्मण खनाल, नेपाली कांग्रेसका हरिलाल पाण्डे, वडा अध्यक्षहरु दुर्गा प्रसाद पाण्डे, तामनाथ पाण्डे, कृष्ण प्रसाद पौडेल, दिवाकर ढकाल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, रेडियो लुम्बिनीका कार्यक्रम प्रमुख प्रकाश गौतम, टोल बिकास संस्थाका कृष्ण प्रसाद कंडेल, तुल्सीराम कंडेल, टेक सिंह थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा करिब ६ सय नागरिकको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रेडियो लुम्बिनी निमित्त स्टेशन म्यानेजर धिरज पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here