तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच सहकार्य समझदारी

0
3901

तिलोत्तमा, असोज २२ । तिलोत्तमा नगरपालिका र वडा नं. ५ मणिग्राम स्थित क्रिमसन अस्पतालबीच आपसी सहकार्यको समझदारी भएको छ । नगरपालिकामा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी र अस्पतालका अध्यक्ष लक्ष्मण ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
समझदारीअनुसार नगरपालिकाले गर्ने स्वास्थ्य शिविर, खेलकुद सप्ताहलगायतका कार्यक्रम तथा नगरपालिकाले आवश्यक ठानेका बखत अस्पतालले आवश्यक स्वास्थ्यकर्मी तथा औषधीहरु निःशुल्क उपलब्ध गराउन सक्नेछ ।
यस्तै नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले लिने स्वास्थ्य सुविधाका लागि अस्पतालले तोकेको शीर्षकमा दश प्रतिशत सहुलियत छुट उपलब्ध गराउने पनि समझदारी पत्रमा उल्लेख छ । आर्थिक स्थिति कमजोर भएकाहरूलाई अस्पतालमा उपचार गराउँदा नगरपालिकाको विशेष सिफारिसको आधारमा थप छुट सुविधा दिन सक्ने समझदारी नगरपालिका र अस्पतालबीच भएको छ ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा अतिविपन्न एवं पिछडिएको वर्ग वा तिनको एकाघरका आफन्तलाई नगरपालिकाकाको सिफारिसमा सम्झौतापत्रमा उल्लेखित सहुलियतमा अस्पतालले तोकेको सेवाहरु प्रदान गर्ने पनि समझदारी कायम भएको छ ।
यसैगरी नगरपालिकाले आयोजना गर्ने स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुमा अस्पतालका स्वास्थ्यकर्मीहरुले निःशुल्क परामर्श तथा सेवा दिने सहमति पनि कायम भएको छ । सहमति सोमबारदेखि एक वर्षका लागि लागू रहने अस्पतालका अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here