तिलोत्तमा,२४ असोज । बुद्ध पावर इन्टिग्रेटेड टेक्नोलोजीले बुटवलमा नयां शो रुम संचालनमा ल्याएको छ ।
किर्लाेस्कर कम्पनीले उत्पादन गरेको हाईड्रो पावरको टर्भाइन देखि मोटर पम्प सम्मका सम्पूर्ण उत्पादन त्यहां उपलब्ध हुनेछ । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले एक कार्यक्रमका बिच शो रुमको शुभारम्भ गर्नुभयो ।
देशभरका मुख्य शहरमा शाखा मार्फत सेवा प्रदान गर्दै आएको बुद्ध पावरले थप अत्याधुनिक प्रबिधियुक्त यन्त्रहरु नेपाली बजारमा भित्राउंदै नयां शो रुम संचालनमा ल्याएको हो । कम्पनीले बुटवल सहित काठमाण्डौ, पोखरा, नारायणगढ लगायतका शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले किर्लोस्कर ब्राण्डका उत्पादन आयात गरि देशभरका बिक्रेता मार्फत नेपाली बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीका संचालक मोहन चापागाईले बताउनुभयो ।
कम्पनीका अर्का संचालक टंक पाण्डेले किर्लोस्कर ब्राण्डका उत्पादनको माग नेपाली बजारमा बढ्दै गएकोले सेवा थप बिस्तार गरिएको बताउनुभयो ।
शो रुममा सोलार, मोटर पम्प, भल्ब, प्याकेजिड्ड सिष्टम, ट्रान्सफर्मर, एअर कम्प्रेसर लगायतका अत्याधुनिक प्रबिधियुक्त सामग्री उपलब्ध हुने प्रबन्धक युवराज ढकालले जानकारी दिनुभयो ।