कुंवरवर्ती सहकारीमा नयां नेतृत्व

0
360

तिलोत्तमा,२५ असोज । कुंवरवर्ती बहुमुखी सहकारी संस्था लि. तिलोत्तमा ११ रुपन्देहीको २१ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले यज्ञ प्रसाद लामिछानेको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ज्ञामनाथ चापागाई, सदस्यहरुमा सिता कुमारी पौडेल, रोमादेवी शर्मा, चन्द्रकला शर्मा, मान बहादुर खवास, हरि नारायण खौसिया, बासुदेव थापा र सम्सुद्धिन मिंया चयन हुनुभएको छ ।
त्यस्तै ज्ञान प्रसाद नेपाल संयोजक तथा रामचन्द्र चौधरी र भवानी प्रसाद सुनार सदस्य रहेको लेखा समिति चयन गरेको छ ।
साधारण सभाले प्रगती प्रतिवेदन र लेखा प्रतिवेदन पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष झलक शर्मा चापागाईको अध्यक्षता र व्यवस्थापक घननाथ पौडेलको संचालनमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here