तिलोत्तमा नगरपालिकामा शुभकामना आदानप्रदान

0
1258

तिलोत्तमा, असोज २७ । तिलोतमा नगरपालिकाको आयोजनामा शनिबार मणिग्राममा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले नगर कार्यालय परिसरमा बिजयादशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रशासनविद् काशिराज दाहाल, कार्यपालिका तथा नगरसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सल्लाहकार, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
यस्तै विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक, पेशाकर्मी, सञ्चारकर्मी, टोल विकास संस्थाका अध्यक्षलगायतको पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सबैको सहकार्यमा तिलोत्तमा नगरपालिकाले भौतिक तथा सामाजिक विकासका केही काम प्रारम्भ गरेको बताउँदै नगरपालिकालाई नमूना बनाउन आफूहरु दत्तचित्त भएर लागेको बताउनुभयो ।
यस्तै नगर उप–प्रमुख जागेश्वरी चौधरी तिलोत्तमा नगरपालिकाले विकासका केही ठूला योजना अघि बढाउन लागेको उल्लेख गर्दै विकास निर्माणमा सबैको समन्वय रहनुपर्नेमा जोड दिनुभयो । प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here