शिवपुर कप फुटबलमा फर्साटिकर युवा क्लव विजयी

0
108

तिलोत्तमा, कार्तिक ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११ शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटबल प्रतियोगिताको बुधबारको खेलमा फर्साटिकर युवा क्लव विजयी भएको छ ।
फर्साटिकरले रामनगर युवा क्लव तिलोत्तमा–११ लाई दुई–शुन्यले हराएको हो । फर्साटिकरको जीतका लागि अनिल बानियाँ क्षेत्री र सुजन रानाले एक–एक गोलको योगदान गरेका थिए ।
शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत् बिहीबार डिएमसी तुलसीपुर र संयुक्त युवा क्लवबीच प्रतिस्पर्धा हुने खेल संयोजक केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । शिवपुर माविको खेल मैदानमा कार्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । २० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित पुरस्कार प्राप्त गर्ने संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो ।
यसअघि मंगलबार भएको खेलमा संघार समुह देवदह भलुही बिजयी भएको थियो ।
आयोजक शिवपुर सामुदायिक बिकास संस्थाको निलो समूहलाई २—१ गोल अन्तरले हराउँदै संघारले जित हात पारेको हो । संघारका लागि अमित क्षेत्री र बिशाल पुनले एक एक गोल गरे । त्यस्तै शिवपुरका लागि सुवास गुरुड्डले सान्त्वना गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here