तिलोत्तमा वडा नं. ४ मा बजार अनुगमन

0
61

तिलोत्तमा, कार्तिक ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ नम्बर वडा कार्यालयले बुधबार बजार अनुगमन गरेको छ । वडाध्यक्ष दिवाकर ढकालको नेतृत्वमा वडा सदस्यहरु, ड्राईभर टोल प्रहरी चौकी, वडा सचिव, नगर प्रहरीलगायत सहभागी टोलीले बजारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले दर्ताविना सञ्चालनमा रहेका व्यपार–व्यवसायलाई दर्ता हुन, होटल तथा रेष्टुरेन्ट, मिष्ठान्न भण्डार, मासु पसललाई सरसफाईमा विशेष ध्यान दिन, ढक÷तराजुलाई ठीक तरिकाले प्रयोग गर्न सुझाएको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो ।
यस्तै अनुगमनका क्रममा भेट्टिएका म्याद गुज्रिएका खाद्यान्न, पेय पदार्थ, घरेलु मदिरालाई नष्ट गराइएको टोलीले जनाएको छ । टोलीले सिमानगर हाटबजार अनुगमन गरी तौलअनुसारका ढक प्रयोग नगरेका व्यवसायीलाई सचेत गराएको थियो ।
यसैगरी कुनै पनि निकायमा दर्ता नभई सञ्चालनमा रहेको पाल्पाली हेल्थ केयर सेन्टरलाई बन्द गराइएकोमा कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने अनुगमन टोलीले जनाएको छ । सो औषधि पसलमा म्याद गुज्रिएका औषधीहरु समेत फेला पारिएको वडा सचिव काशिराम ज्ञवालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here