कांग्रेसको एजेण्डा स्थापित छ, आकारले असर पुग्दैन : खांण

0
83

तिलोत्तमा, ९ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले नेपाल बहुभाषिक बहुधार्मिक देश भएकाले नेपालीहरुले सबै चाडपर्बको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । पुर्व मन्त्रि तथा प्रतिनिधिसभा सांसद समेत रहनुभएका खाँडले सबै जातजातीको धार्मिक चाडपर्बलाई सम्मान गर्नुनै १२५ जात जातीको आत्म सम्मान हुने बताउनु भयो । उहाँले हरेक राजनितीक पार्टीले सबै बर्ग सबै धर्मलाई सद्भावको माध्यमबाट सम्मान गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
काङ्ग्रेस तिलोत्तमा नगर समितिद्वारा दशै, तिहार, छठ तथा नेपाल संम्बत लगायतका चाडपर्वको उपलक्षमा आयोजित शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले अहिले सुचना सञ्चारको युगमा कसैले गलत कार्य गरेर उम्कने अवस्थ नरहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसको मुद्धा अहिले पनि स्थापित भएको दबी गर्दै खाँडले आकार परिवर्तन हुँदैमा सहि एजेण्डालाई असर नपर्ने बताउनुभयो ।
नेपाली काङ्ग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेको अध्यक्षता तथा काङ्ग्रेस केन्द्रीय सदस्य बालकृण खाँडको प्रमुख आतिथ्यमा मंगलापुरमा भएको कार्यक्रममा ,संसदिय दलका नेता बलदेब शर्मा, प्रदेशसभा सांसद पुष्पा चौधरी, रमा अर्याल, नेकपाका तिलोत्तमा नगर ईन्चार्ज मोहन चापागाई, जनमुक्ति पार्टीका केन्द्रिय सदस्य गीता सारु, काङ्ग्रेस नगरसमिती सचिब शिव गैरेले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here