सिङ्गो गाउँ टमाटर खेतीमा

0
190

पाल्पा १२ असोज ।पाल्पामा वेमौसमी गोलभेडा खेती बाट किसानहरुले प्रशस्त आम्दानी गरेका छन । बर्षातको समयमा तराईमा गोलभेडा उत्पादन नहुने भएकोले पहाडमा उत्पादित गोलभेडाले राम्रो बजार पाएको हो । गत बर्ष प्रति किलो चालिस पचास रुपैयामा टमाटर विक्रि गरेका किसाले अहिले प्रति किलो ८० देखी ९० रुपैया विक्रि गर्दै आएका छन । टमाटर खेती बाट राम्रो आम्दानी हुन थालेपछी परम्परागत मकै कोदो लगायतका बर्षे बाली छोडेर किसानहरुको व्यबसायीक गोलभेडाँ खेती तर्फ आकर्षण बढ्दै गएको छ ।
पालुङमैनादीमा मात्र किसानहरुले हिजोआज दैनिक ७ सय किलो सम्म गोलभेडाँ विक्रि गर्दै आएका छन । विगत ५ बर्षदेखी गोलभेडा खेती गर्दै आएकी भगवती कुवँरले यस बर्ष २५ सय विरुवा लगाएर राम्रो आम्दानी गर्नुभएको छ । कुवँरले यस सिजनमा मात्र ५ लाख रुपैयाको गोलभेडा विक्रि हुने बताउनु भएको छ ।
पाल्पामा उत्पादन भएको गोलभेडा तानसेन, बुटवल, पोखरा, नारायणगढ लगायतका क्षेत्रमा विक्रि हुदै आएको छ । पालङमैनादीमा टमाटर खेती गरिरहेका करीव १ सय ५० जना किसानहरु सहकारी मार्फत उत्पादन तथा बजारीकरणमा लागेको छन । मैनादी कृषिसहकारीले सहुलियत दरमा किसानहरु १ लाख रुपैया सम्म ऋण दिएकै कारण गाउँभरी नै तरकारी खेतीमा किसानको आकर्षण बढेको छ सहकारीका दान बहादुर कुवँरले बताउनु भयो । पाल्पाको मदनपोखरा, चिदिपानी, जल्पा, रामपुर, पालुङमैनादी, मस्याम, दोभान लगायतका गाउँमा गोलभेडाँ खेती राम्रो हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here