अक्सफोर्डमा बिएचएम र विआइएमको पढाई

0
23

बुटवल, कार्तिक ८ । प्रदेश नम्बर पाँचको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित बुटवलको अक्सफोर्ड कलेजले थप दुई वटा नयाँ विषय भित्राएको छ । यसै शैक्षिक सत्रदेखि पठन–पाठन सुरू गर्ने गरी कलेजले त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम) विषय भित्राएको हो । पछिल्ला वर्षहरू विद्यार्थीहरूको रोजाइमा यी दुई विषय परेका छन् । त्यसैलाई मध्येनजगर गर्दै कलेजले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित दुई विषय थप गरिएको क्याम्पस प्रमुख मनोज मरासिनीले जानकारी दिए । बिएचएम र विआइए दुवै टेक्निकल विषय हुन् ।

व्यावहारिक शिक्षा लिन चाहने विद्यार्थीका लागि स्नातक तहमा ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) उपयुक्त विषय हो । समय अनकूल शैक्षिक डिग्री र सीप पाइने भएकाले पनि पछिल्लो समय बिएचएममा विद्यार्थीको आकर्षण बढेको छ । यो विषय अध्ययन गर्न ‘प्लस टु’मा जुनसुकै विषय लिएर ‘सी ग्रेड’ ल्याएको हुनुपर्छ । बिएचएम विषयमा सामान्यदेखि उत्कृष्ट विद्यार्थीको आकर्षण छ । अध्ययनसँगै सीप सिकिने र सीपले रोजगारीका अवसर प्राप्त गर्न सकिने भएकाले यो विषयमा विद्यार्थीको आकर्षण बढेको हो । बिएचएमको क्षेत्र व्यापक छ । बिएचएमको जनशक्ति आतिथ्य सत्कार (हस्पिटालिटी) चाहिने क्षेत्रदेखि कर्पोरेट हाउसमा समेत अवसर प्राप्त गर्छन । बिएचएम ४ वर्षे कोर्ष हो । यसलाई ६ महिनाको ८ सेमेस्टरमा बाडेर पढाइन्छ । यो कोर्ष पूरा गर्नका लागि ६ लाख ५० हजार रूपैयाँ खर्च लाग्छ । कलेजमा यो विषय पढन ३३ जना विद्यार्थीले पाउनेछन ।

त्यस्तैगरी व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पढाइ हुने विषय हो बिआइएम । यो विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफ्टवेयर पढाइ हुन्छ । यो विषय अध्ययन गर्न पनि जुनसुकै संकायबाट ‘प्लस टु’ उत्तीर्ण गरेको विद्यार्थीले पढन पाउनेछ । बिआइएम यो ४ वर्षे कोर्ष हो । यसलाई ६ महिनाको ८ सेमेस्टरमा बाडेर पढाइन्छ । यो कोर्ष पूरा गर्नका लागि ४ लाख ९० हजार रूपैयाँ शुल्क लाग्छ । ‘प्राक्टिकलमा आधारित कोर्ष भएकाले यो पढाइ अरु विषयभन्दा केही महंगो छ’ मरासिनीले भने । उनले थपे, ‘तर अन्य कलेजहरूको तुलनामा हाम्रोमा सस्तो हुनेछ ।’ विआइएम पढने कोटा पनि ३३ जनाको रहेको छ । दुवै विषय पढाउनको लागि कलेजले काठमाडौंमा विभिन्न कलेजकहरूमा अध्यापन गराएका दक्ष प्राध्यापकहरूलाई ल्याएको छ । इन्टन गर्नका लागि कलेजले विद्यार्थीको रूचि र क्षमताका आधारमा जापान, चीन देखि नेपालका विभिन्न फाइभ स्टार होटलहरूमा पठाउने छ ।

दुवै विषयको प्रवेश परीक्षा (सिम्याट) आउँदो मंसिर ८ गते रहेको कलेजका अध्यक्ष दुर्गादत्त भण्डारीले जानकारी दिए । प्रवेश परीक्षा पनि टियुले नै लिन्छ । कलेजले स्नातक तहका सबै विषयको पठन–पाठनका लागि छुट्टै सुविधा सम्पन्न भवन निर्माण गरेको छ । २०६२ सालदेखि २९ जना विद्यार्थीबाट ब्याचलर लेवलको पढाई सुरू गरेको कलेजमा अहिले करिब ८ सय विद्यार्थीहरू अध्ययनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here