तिलोत्तमाले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउने

0
160

तिलोत्तमा, कार्तिक १३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउने भएको छ । मंगलबार बसेको कार्यपालिकाको ४७ औं बैठकले किसानलाई गहुँको बिऊँमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
अनुदानका सन्दर्भमा कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नंबर वडाध्यक्ष सोहन प्रसाद थारुको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा ८ नंबर वडाध्यक्ष कृष्ण प्रसाद पौडेल, ११ नंबर वडाध्यक्ष मुक्तिनारायण चौधरी, १६ नंबर वडाध्यक्ष झविलाल भुसाल र कार्यपालिका सदस्य गिता कुमारी सापकोटा सदस्य रहनुभएको छ । सहकारी संस्थासँग समन्वय गरेर सिफारिस गरिएको उन्नत जातको गहुँ बिऊँ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बिऊँ उपलब्ध गराउन सिफारिस गरेको थियो । तिलोत्तमा नगरपालिकामा झण्डै सात सय क्विनटल गहुँको बिऊँ आवश्यक पर्ने अनुमान गरिएको छ । अनुदानको बिऊँ सबै किसानले प्राप्त गर्नेगरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । मंगलबारको कार्यपालिका बैठकले विभिन्न कार्यविधिलगायतका विषयमा समेत निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here