झरना शिवपुर कप फुटबलको सेमिफाइनलमा

0
91

तिलोत्तमा, कार्तिक १३ । झरना स्पोर्टस् क्लव कुञ्जलापुर रुपन्देहीको तिलोत्तमा—११, शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा लुम्बिनी खुकुरी क्लव बेलहियालाई एक–शुन्य गोल अन्तरले रोक्दै झरनाले सेमिफाईनलको यात्रा तय गरेको हो ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा झरनाको तर्फबाट ईञ्जुरी टाईममा विवेक पुनले एक मात्र निर्णायक गोल गरेका हुन् । गोलका लागि लुम्बिनी खुकुरी क्लवले पटक–पटक प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत् बुधबार जनज्योती युवा क्लव डिङ्गरनगर र सिद्धार्थ युवा क्लव चपरहट्टीबीच प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो । शिवपुर माविको खेल मैदानमा कार्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । २० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित पुरस्कार प्राप्त गर्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here