जनताको चाहाना र हाम्रो कबुल अनुसार काम हुन सकेको छैन : भुषाल

0
272

तिलोत्तमा,१६ कात्तिक । नेकपाका स्थायी कमिटि सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुषालले पार्टी एकता प्रकृयालाई छिटो टुङग्याउनु पर्ने बताउनुभएको छ । पार्टी एकता प्रकृया लम्बिदा सरकारको काम कारबाहीनै प्रभावित बन्न पुगेको उंहाको भनाई छ ।
संसदीय सम्र्पक कार्यालयले भैरहवामा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुषालले जनताको चाहाना र पार्टीको प्रतिबद्धता बमोजिम सरकारले काम गर्न नसकेको स्विकार गर्नुभयो ।
‘जनताको चाहाना र हाम्रो कबुल अनुसार काम हुन सकेको छैन, उंहाले भन्नुभयो— एकता प्रकृया अलमलिएको छ, यसले पार्टी र सरकारको काममा अन्यौलता देखिएको छ ।’ पूर्व मन्त्री समेत रहेका भुषालले तल्लो तह सम्मको पार्टी एकतामा साबिकका कमिटिहरुलाई आधार बनाइनुपर्नेमा जोड दिनुभयो ।
रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य भुषालले कृषि र पर्यटननै यस क्षेत्रको आर्थिक बिकासको आधार भएको समेत बताउनुभयो । उंहाले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा राज्यले गरेको लगानीको प्रतिफल जनताले प्राप्त गर्ने दिन अब आएको बताउनुभयो ।
‘करिब ३५ अर्ब लगानी गरेर, जाहाज चलाएर मात्रै हुंदैन, त्यसबाट जनताले आर्थिक लाभ उठाउने वातावरण बनाउनु आवश्यक छ, उहाले भन्नुभयो । उंहाले अब कृषिजन्य उत्पादन बढाउने तर्फ सबैको ध्यान पुग्नु पर्ने उल्लेख गर्दै त्यसैबाट जनताको आर्थिक जिवनस्तरमा पनि सुधार आउने बताउनुभयो ।
नेता भुषालले भैरहवाको सेज संचालनमा ढिलाई हुनुका पछाडी थुप्रै कारण रहेपनि अब बिलम्बन नहुने दाबी गर्नुभयो । उंहाले भन्नुभयो ‘मैले सरकारी अधिकारीलाई सेजको काम सरकारका तर्फबाट कहां रोकिन्छ मलाई भन्नुस भनेको छु, काम अघि बढिरहेको छ , अब बिलम्ब हुदैन ।’ साथै उंहाले सिद्धार्थनगरपालिका र आसपासका पालिकाहरुको फोहोर व्यवस्थापनका लागी ल्याण्डफिल्ड साईड निर्माणको काम यसै बर्ष शुरु हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here