शिवपुर कप फुटबलमा सेमिफाईनलको समिकरण पूरा

0
48

तिलोत्तमा, कार्तिक १६ । संयुक्त युवा क्लव बुटवल रुपन्देहीको तिलोत्तमा—११, शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न अन्तिम क्वाटर फाईनल खेलमा संघार समूह भलुहीलाई तीन–एक गोल अन्तरले रोक्दै संयुक्तले सेमिफाइनलमा जनज्योती युवा क्लव डिङ्गरनगरसँगको भेट पक्का गरेको हो ।
शुक्रबारको अन्तिम क्वाटर फाइनल खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अत्यन्त प्रतिस्पर्धात्मक शुक्रबारको खेलमा संयुक्तको तर्फबाट शरद क्षेत्रीले पहिलो हापको २० औं र एञ्जिल महर्जनले २४ औं मिनेटमा एक÷एक गोल गरेका थिए भने दोस्रो हापको २५ औं मिनेटमा नितिन थापाले थप एक गोल गरे । यसरी तीन गोलले अगाडि रहेको संयुक्तलाई रोक्ने क्रममा संघारको तर्फबाट एक मात्र गोल दोस्रो हापको ३१ औं मिनेटमा अमित क्षेत्रीले गरे ।
शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत् शनिबारबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनल खेल झरना स्पोटर्स् क्लव कुञ्जलापुर र फर्साटिकर युवा क्लव फर्साटिकरबीच हुने खेल संयोजक केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो ।
शिवपुर माविको खेल मैदानमा कार्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । २० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित पुरस्कार प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here