झरना शिवपुर कप फुटबलको फाइनलमा

0
78

तिलोत्तमा, कार्तिक १७ । झरना स्पोर्टस् क्लव कुञ्जलापुर, रुपन्देहीको तिलोत्तमा—११ शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा फर्साटिकर युवा क्लव फर्साटिकरलाई चार–एक गोल अन्तरले रोक्दै झरनाले आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्याएको हो ।
झरनाले शनिबारको खेलमा विदेशी खेलाडी समेत मैदानमा उतारेको थियो । पहिलो हापको ५ औं मिनेटमा फर्साटिकरको तर्फबाट सुरज हमालले एक गोल गरेकोमा ८ औं मिनेटमा झरनाका निशान्त सुनारले जवाफी गोल फर्काएका थिए ।
झरनाका तर्फबाट खेलेका विदेशी खेलाडी जोन ग्लोरीले पहिलो हापकैं १५ र ३१ औं मिनेटमा एक÷ एक गोल गरे । पहिलो हापसम्म तीन–एकको स्थिति रहेकोमा दोस्रो हापको १५ औं मिनेटमा झरनाकैं तर्फबाट निशान न्यौपानेले थप एक गोल गरेपछि फर्साटिकर तीन गोलले पछि परेको हो ।
शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत् आईतबारको अन्तिम सेमिफाइनल खेलमा जनज्योती युवा क्लव डिङ्रनगर र संयुक्त युवा क्लव बुटवलबीच प्रतिस्पर्धा हुने खेल संयोजक केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो ।
आइतबारको विजेताले प्रतियोगिताको फाइनल खेलमा झरना स्पोटर्स् क्लव कुञ्जलापुरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । शिवपुर माविको खेल मैदानमा कार्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । २० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित पुरस्कार प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here