चन्द्रसुर्य सहकारीमा नयाँ नेतृत्व

0
108

बुटवल, कार्तिक १७ । रूपन्देहीको तिलोत्तमा–३ योािगकुटीस्थित चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिकसाधारणभा तथा पाँचौ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र ज्ञवालीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश खनाल, सचिवमा केशव न्यौपाने र कोषाध्यक्षमा केशवराज भट्टराई चयन भएका छन् । त्यस्तैरी सदस्यहरुमा रमेशप्रसाद बस्याल, रनमाया चापागाई, नारायण क्षेत्री, कृष्णप्रसाद सुवेदी, अनिता भुसाल रहेका छन् । त्यस्तैगरी लेखा समितिको संयोजकमा जनकराज ज्ञवाली र सदस्यहरुमा गोविन्द भुसाल र माधव गौतम रहेका छन् ।
साधारणसभा बोल्दै बचत संघ रुपन्देहीका कोषाध्यक्ष कृष्ण चौहान क्षेत्रीले अब सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बीपी गौतम, शेयर सदस्य प्रकाश अर्याल, अर्जुन पौडेल, लगायतले बोलेका थिए । सहकारीको शेयर पूजी ६४ लाख ९७ हजार रहेको छ । सहकारीले शेयर सदस्य वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष तुलसीप्रसाद भुसालले बताए । उनले शेयर सदस्य कल्याण कोष स्थापना गर्ने नीति लिएर अगाडि बढेको जानकारी दिए । सहकारीका उपाध्यक्ष रामचन्द्र ज्ञवालीको स्वागत तथा सचिव प्रकाश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच सहकारी क्षेत्रमा कलम चलाई सहकारीका गतिविधि उजागर गरेको भन्दै मेचीकाली दैनिकका उत्पादन प्रमुख थानेश्वर पौडेल र लुम्बिनी टेलिभिजनका विकास पराजुलीलाई सहकारीले सम्मान गरेको छ । दुवै जनालाई नगद प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । दुवैलाई चौहानले सम्मान गरेका थिए । पौडेल विगत १५ वर्षदेखि मेचीकाली दैनिकमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here