पौष ५ गतेदेखि बुटवलमा लुम्बिनी एक्स्पो

0
62

बुटवल, २८ कात्तिक । रुपन्देही व्यापार संघको आयोजानमा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो ,अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ ।
मेला परिषरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजा संस्थाले यसको तयारी सुरु गरिएको जनाकारी दिएको हो । रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठका अनुसार मेलामा करिब ६ सय स्टलको सहभागिता रहनेछ । ८ लाख बढी दर्शकको सहभागिता तथा करिब ५० करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ ।
संघको सचिवालय मेला स्थल बुटवल मण्डपमा स्थानान्तरण भई मेलाका आवश्यकीय कार्यहरु जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरु आरम्भ गरिएको उनगे जानकारी दिए ।
व्यावसायिक विविधताको समागम केन्द्र प्रदेश नं. ५ को राजधानी बुटवलमा पुनः आयोजना गर्न लागिएको लुम्बिनी एक्स्पो–२०१८,अन्तर्राष्ट्रिय व्यापार मेला यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा समेत महत्वपूर्ण सावित हुने विश्वास लिएको उनले बताए ।
मेलामा गौतमबुद्धको जन्म स्थल लुम्बिनीसहित प्रदेश नं. ५ भित्रका सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गर्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
तरकारी तथा फलफूल एवं कृषि उत्पादनका हिसाबले भइरहेको उत्पादनलाई व्यवस्थित र प्रचुर सम्भावनालाई दृष्टिगत गरी मेलामा अलगअलग पेभेलियन बनाई कृषि तथा विभिन्न व्यवसायलाई प्रेरित गर्ने अभियान संचालन गर्ने उद्देश्य समेत रहेको छ । औद्योगिक उत्पादन र त्यसको गुणस्तर एवं उपभोक्ता बिचको सम्बन्धमा सामिप्यता ल्याउन र लगानीकर्तालाई नयाँ व्यावसाय स्थापना गर्न प्रोत्साहन गर्ने गरी यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको आयोजनाले बुटवल तथा समग्र राष्ट्रकै गरिमा र गौरवलाई अभिवृद्धि गर्न अमूल्य योगदान पु¥याउनेछ भन्ने पूर्ण अपेक्षा गरिएको उनले बताए ।
स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले व्यापार मेला अटो प्रदर्शनी–२०६६, काठमाडौं बाहिर पहिलो पटक २०६९ पौष ६ देखि १७ गतेसम्म र २०७२ पौष ८ देखि २१ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो,अन्तर्राष्ट्रिय व्यापार मेला अपार सफलताका साथ सम्पन्न गरेको थियो । पछिल्लो व्यापार मेलामा ६०० बढि स्टल, करिब ५ लाख बढि दर्शकको सहभागिता तथा करिब ३५ करोड बराबरको कारोवार भएको थियो ।
रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको यो मेलामा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स काठमाडौं, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.५, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, जिल्ला समन्वय समिति, रुपन्देही र बुटवल उपमहानगरपालिका रहेको छ । मेलामा स्वदेशी तथा बिदेशी गरेर करिव ६ सय हुनेछन् । विभिन्न प्रकृतिका वस्तुका स्टलमा राखिने छ । मेलामा अन्तर्राष्ट्रिय स्टलहरुमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिता रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here