ईसिएससी ग्रुपद्धारा भाग्यशाली ३ जनालाई ल्यापटप उपहार प्रदान

0
56

तिलोत्तमा, ३० कात्तिक । इसिएससीग्रुप कम्प्युटर सर्भिस सेन्टरले दशैं तिहारको अवसरमा संचालन गरेको लक्की ड्र उपहार योजना अन्तगर्त ३ जनाले ब्राण्डेड ल्यापटप उपहार प्राप्त गरेका छन । योजनामा सहभागी कुल १ सय ४० जना मध्येबाट भागयशाली ३ जना बिजेता बनेको इसिएससी ग्रुप प्रवन्ध निर्देशक सन्जय पाण्डेले बताउनुभयो । यो योजना प्रदेश नम्बर ५ का सबै जिल्लामा लागु गरिएको थियो । भाग्यशाली बिजेता बुटवलका इन्द्र सुनारले आइ थ्री ल्यापटप प्राप्त गर्नुभएको छ । त्यस्तै नवलपरासीकी अस्मिता पराजुलीले आइ फाइभ ल्यापटप र नेपा इन्टरनेशनल काठमाण्डौले आइ सेभेन ल्यापटप पाएका छन् । आज आयोजित बिशेष कार्यक्रमका बिच कम्पनीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बिजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
दशैं तिहारको अवसरमा एउटा ल्यापटप खरीद गर्दा एउटा कुपन प्राप्त गर्ने व्यवस्था गरिएको थियो । उक्त कुपन प्राप्त व्यक्तीहरु मध्येबाट गोलाप्रथा माध्यमबाट बिजेता घोषणा गरिएको प्रवन्ध निर्देशक पाण्डेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here