रोटरी रुपन्देहीले विद्यालयमा बनाइदिने शौचालय शिलन्यास

0
38

तिलोत्तमा, मंसिर १७ । रोटरी क्लव अफ रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं. १४, रेहरामा रहेको सरस्वती आधारभूत विद्यालयमा शौचालय निर्माण गर्ने भएको छ । दुई महिनामा निर्माण सम्पन्न गरिने सो शौचालयको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ जोन १८ का असिस्टेन्ट गभर्नर एजाज आलम र तिलोत्तमा नगरपालिका वडा नं. १४ का वडाध्यक्ष सोहनप्रसाद चौधरीले शिलन्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि आलमले रोटरीले विशुद्ध सामाजिक सेवाको लागि काम गर्दै आएको र शिक्षा तथा स्वास्थ क्षेत्रलाई प्राथमिकता दिँदै काम गरेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष चौधरीले विकास पिछडिएको क्षेत्रबाट गर्नुपर्ने बताउँदै रोटरी रुपन्देहीले गरेको प्रशंसनीय कार्यको स्वागत गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराम सुवेदीले रोटरीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै शौचालय निर्माणले शिक्षक तथा विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि आलमले विद्यालयका प्रधानाध्यापकलाई सफलताका ४ सुत्रीय कसि (द फोर वे टेष्ट) लेखिएको व्यानर हस्तान्तरण गर्नुभयो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को डिष्ट्रिक ग्रान्ट अन्तर्गत एक हजार डलर र रोटरी रुपन्देहीको पाँच सय डलर गरि जम्मा पन्ध्र सय डलर अर्थात् एक लाख ८४ हजार रुपैंयाँको लागतमा शौचालय निर्माण गर्न लागिएको क्लवका अध्यक्ष हरि प्रसाद न्यौपानेले बताउनुभयो ।
रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक हेमराज पौडेलको स्वागत, सचिव प्रमोद पन्थीको संचालनमा भएको कार्यक्रममा क्लवका पुर्व अध्क्षहरु राजु खरेल, देवानन्द पाण्डे, राजकुमार पाण्डे, गोपाल प्रसाद न्यौपाने तथा क्लवका सदस्यहरु, विद्यार्थी, शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here