व्यापार मेलामा अस्पतालसँगको सहकार्यमा प्राथमिक उपचार कक्ष

0
249

तिलोत्तमा, पुस ६ । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा तिलोत्तमा–५ मणिग्राम स्थित क्रिमसन अस्पताल समेतले प्राथमिक उपचार कक्ष राखेका छन् । प्राथमिक उपचार कक्षमा क्रिमसनसँगै लुम्बिनी हस्पिटल एण्ड टेक्निल कलेज र लुम्बिनी आई केयर सेन्टरले सहकार्य गरेका छन् । मेला अवलोकनकर्ताको स्वास्थ्यमा आउन सक्ने समस्यालाई मध्यनजर राखेर प्राथमिक उपचार कक्ष राखिएको हो । यहाँ प्राथमिक उपचार सेवाका साथै स्वास्थ्य सम्बन्धी जानकारी प्राप्त हुने संयोजक विनित भट्टराईले बताउनुभयो ।
क्रिमसन अस्पतालले यहाँबाट अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवाको बारेमा जानकारी समेत प्रदान गर्ने गरेको छ । यस्तै मेलास्थलमा एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ । स्वास्थ्य समस्या भएमा कुनै पनि अवलोकनकर्ताल्ले यहाँबाट सेवा लिन सक्नेछन् । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नारा साथ रूपन्देही व्यापार संघको आयोजनामा मेला आयोजना गरिएको हो । मेलाको बिहीबार प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । मेला पुस १८ गतेसम्म चल्नेछ ।
मेला आयोजक मूल समितिका संयोजक श्रेष्ठले लुम्बिनी एक्स्पोमा कृषि र पर्यटनलाई विशेष जोड दिएको जानकारी दिनुभयो । यसपालीे मेला स्थलमा जितगढी किल्ला र तत्कालिन सेनाको आकृत्ति झल्किने मुर्तीहरु तयार पारिएको उहाँले बताउनुभयो ।
मेलामा होटलका ४०, गार्मेन्टका एक सय, कृषिका ७०, जुत्ता÷चप्पल ४०, अन्तर्राष्ट्रिय ३०, दैनिक उपभोग्य एक सय २०, अटो पेभेलियन २०, स्वदेशी ६०, आइटी ६०, सेवामूलक ६० र केही निःशुल्क स्टलहरू समेत रहेको संघका महासचिव प्रकाश ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here