पार्टीको नेतृत्व जिम्मेवार हुनुपर्छः भुसाल

0
202

बुटवल, १० पुस । नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले दुई पार्टीको एकता क्रान्तिको श्रखला भएको बताउनु भएको छ । उहांले एमाले, एमाओेवादीको एकता र नेकपाको नेतृत्वमा बनेको दुई तिहाई बहुमतको सरकार क्रान्तिको प्रकृया भएको टिप्पणी गर्नुभयो ।
१२५ औं माओको जन्मजन्यन्तीको अवसर पारेर मदन भण्डारी अध्ययन केन्द्र र माओवादी अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले मंगलबार बुटवलमा आयोजना गरेको नेकपाको एकता अवसर र चुनौती विषयक विचार गोष्ठीलाई संवोधन गर्दै नेता भुसालले नेकपामा ठूलो जिम्मेवारी आएको आएकोले त्यो अवसर गुमाउन नहुने बताउंदै नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहांले भन्नुभयो, ‘ठूलो अवसर पार्टीलाई छ । तर जिम्मेवार देखिएको छैन । अब जिम्मेवार हुनुपर्छ । नत्र यो अवसर आउँदैन ।
सार्वभौमसत्ता नेकपामा आएको बेला गरिवी र विविधतालाई एकीकृत गर्नुपर्ने उहांले स्पष्ट पार्नुभयो । रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता भुसालले नेपालमा वामपन्थी जनमत असधारण जनमत भएको उल्लेख गर्दै २००७ सालदेखि नेपालमा वामपन्थी जनमत बढ्दै आएको तर्क गर्नुभयो । उहांले माओसेतुङमा विवेकपूर्ण निर्णय गर्न सक्ने क्षमता भएको भन्दै माओको प्रसंसा गर्नुभयो ।
माओको विचार, व्यवहारले संसारलाई कम्युनिष्टप्रति आर्कषित गरेको बताउनुभयो । उहांले पार्टीमा अराजकता मौलाउंदै गएको उल्लेख गर्दै तीनाउ नदी दालल पूंजीवादको हिरा बनेको बताउनुभयो ।
नेकपाका प्रदेश नम्बर पांचका सचिव जगप्रसाद शर्माले माओ र जनवादको नाममा नेपालमा धेरै कम्युनिष्ट पार्टी बनेको बताउनुभयो । उहांले पार्टीलाई विधि र प्रकृया अनुसार चलाउनु पर्ने बताउनुभयो । पार्टी बल र पहुंचको आधारमा चलेको बताउंदै कोही पनि पार्टीको दास र भक्त नहुन आग्रह गर्दै सही ढंगले नेतृत्वलाई खवरादी गर्नुपर्ने बताउनुभयो । नेकपाको भविश्य भएकाले पार्टीलाई सर्वहार वर्गको हितमा अगाडी बढाउनु पर्ने बताउनुभयो ।
माक्र्सवादी अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष पुरन गुरुङले नेकपाको एकता, अवसर र चुनौती विषयक अवधारण पत्रमाथि वैकुण्ठ पाण्डे र खेम लुइटेलले टिप्पणी गर्नुभएको थियो । सिद्विचरण भट्टराईको अध्यक्षता र युवराज न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा हरिप्रसाद पौडेल, शरिता श्रीष, प्रतिमका गौतम, मधुप्रसाद अर्याल लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here