वडाध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग

0
2457

तिलोत्तमा, पुस १२ । तिलोत्तमा नगरपालिका वडा नं. ६, गोरकट्टा स्थित न्यू सुपर नमूना रोडा उद्योग प्रा. लि. का सञ्चालक नेत्र खरेलले नदीजन्य पदार्थको विषयमा तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेलाई कुटपिट तथा दुव्र्यवहार गरेका छन् । न्यौपाने नगरपालिका अन्तर्गतको नदीजन्य पदार्थ उत्खनन्, व्यवस्थापन तथा अनुगमन समिति संयोजक समेत हुनुहुन्छ ।
कुटपिट गर्ने खरेल फरार छन् । उनको तीव्र खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनाको तिलोत्तमा नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै निन्दा र भ्रत्र्सना गरेको छ । बिहीबार समितिको बैठक लगत्तै नगरकार्यपालिका कार्यालय परिसर मणिग्राममा नदीजन्य पदार्थको विषयमा कुराकानी भैरहँदा खरेलले वडाध्यक्ष न्यौपानेमाथि एक्कासी कुटपिट गरेको बताइएको छ ।
खरेलले नदीजन्य पदार्थका सन्दर्भमा नगरपालिकामा पेश गरेको फाइल विचराधीन रहेको जनाइएको छ । ‘तिनाउ नदीबाट हुने गरेको गिट्टी, ढुंगा, बालुवाको अवैध उत्खनन्, चोरी–निकासी विरुद्ध निर्भिकताका साथ निरन्तर अनुगमनमा सक्रिय रहँदै आएको समितिका संयोजकमाथिको आक्रमण सिङ्गो नगरपालिका माथिको आक्रमण हो भन्ने हाम्रो ठहर छ ।’ नगर प्रमुख बासुदेव घिमिरेद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि कानुन हातमा लिइ गरिएको आक्रमणले सिङ्गो नगरपालिकाको ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिलाई धम्काउने, कानुन हातमा लिने, अवाञ्छित क्रियाकलाप गर्न उक्साउने प्रवृत्तिका विरुद्ध आमनगरबासी महानुभावहरुलाई सधैं सचेत रहन आह्वान गरेको छ । बिहीबार नै आकश्मिक रुपमा बसेको नगर कार्यपालिकाको बैठकले घटनाको घोर निन्दा र भ्रत्र्सना गर्दै दोषीलाई कानुनी दायरामा लिइ कानुनी कारवाही गर्न प्रहरी÷प्रशासनसमक्ष माग गरेको छ ।
‘नदीजन्य पदार्थको अवैध उत्खनन्, चोरी–निकासी र कर छली जस्ता विषयमा थप संवेदनशील बनिदिन सम्बद्ध पक्षलाई आग्रह गर्दै नगरपालिका अन्र्तगतको अनुगमन समिति अझै दृढताका साथ क्रियाशील रहने व्यहोरा सबैमा अनुरोध छ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here