तिलोत्तमा नगरपालिकामा पुस १५ र माघ १ मा स्थानीय बिदा

0
1158

तिलोत्तमा, पुस १३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुस १५ गते ल्होसार तथा माघ १ गते माघे संक्रान्ति पर्वको अवसरमा स्थानीय बिदा दिएको छ । नगरकार्यपालिकाको ५२ औं बैठकको निर्णयअनुसार नगरपालिका र मातहतका कार्यालय तथा विद्यालयहरुमा बिदा दिइएको हो ।
पुस १५ गते गुरुङ समुदायले तमु ल्होसार मनाउँछन् । यस्तै माघ १ गते थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व मनाउँछन् । यस्तै मगरलगायतका समुदायमा पनि माघ १ गतेलाई माघे संक्रान्तिको रुपमा धुमधामका साथ मनाउने प्रचलन छ ।
तिलोत्तमा नगरपालिकामा गुरुङ, मगर, थारुलगायतका समुदायको बाक्लो उपस्थिति छ । नगर प्रवक्ता सुरेन्द्र श्रीले सबै जातजाति, भाषाभाषीको सम्मानमा नगर कार्यपालिकाको बैठकले स्थानीय बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here