बुटवलमा प्रथम सडक खाना महोत्सव

0
151

बुटवल, पुस १३ । आन्तरिक तथा बाह्य पर्यटकहरूले प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा भित्राउने उद्देश्य सहित बुटवलमा आइतबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यसायी संघ, रूपन्देहीले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित यस क्षेत्रमा नै पहिलो पटक खाना महोत्सव आयोजना गरेको हो । महोत्सव बुटवल–९ र ११ अन्तर्गत पर्ने तीनकुनेदेखि होराइजनचोकसम्मको सडकमा लाग्ने छ । महोत्सव आयोजक होटल व्यसायी संघले शुक्रबार पत्रकार सम्मेलन गरी खाना महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।
लुम्बिनी आउने आन्तरिक आन्तरिक तथा बाह्य पर्यटकहरूलाई बुटवल ल्याउने आफूहरूको प्रमुख उद्देश्य रहेको संघका अध्यक्ष समुन्द्र जिसीले जानकारी दिए । यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा टेवा थप्ने लक्ष्यका साथ खाना महोत्सव आयोजना जर्मको गरेका हौं ।’ महोत्सव दुई दिन चल्नेछ । महोत्सवमा जातिगत रूपमा थारु, मगर, थकाली, गुरूङ, क्षेत्री, नेवार समुदायका परिकारका साथै नेपाली, चाइनिज, इटालियन, थाई खानाका परिकारहरू पाइनेछन् ।
मेलमा ५० भन्दा बढी स्टलहरू रहनेछन भने, ५० हजार दर्शक÷पर्यटकहरू र ५० लाख रूपैयाँको कारोवार हुने लक्ष्य लिइएको संघका महासचिव माधव कुमार खनालले जानकारी दिए । महोत्सव दिउसो ३ बजेदेखि राति १२ बजेसम्म चल्नेछ । महोत्सव आइतबार प्रदेश नम्बर पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम छ ।
महोत्सव अवलोकन गर्ने आउने पर्यटकहरुलाई बुटवलमा होटलमा आवासका लागि २० र खानामा १० प्रतिशत छुटको व्यवस्था समेत मिलाइएको संघका उपाध्यक्ष बाबुराम गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here