पामिर प्लाष्टिक मुक्त घोषणा

0
382

तिलोत्तमा, पुस १३ । पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ लाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले विद्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले प्लाष्टिकमुक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको बताए । विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले विद्यालयबाटथालिने हरेक अभियानले घर तथा समाजमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
कार्यक्रममा तिलोत्तमा २ का वडाअध्यक्ष दधीराम गौतमले पनि मन्तव्यव्यक्त गरेका थिए । त्यस अवसरमा परम्परागत पोशाक प्रदर्शन कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा नेपालका विभिन्न जनजातिका पोशाक प्रदर्शन, कक्षा ८ का विद्यार्थीहरूले कागजबाट तयार पारेका सामग्रीहरूको प्रदर्शन गर्नुका साथै विद्यालयले तयार गरी कक्षा ५ को पाठ्क्रममा सम्मिलत गरेको स्थानीय पाठ्क्रम (जीतगढी किल्ला) को पनि विमोचन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here