देवसिद्ध समाज सुधार समितिमा नयाँ नेतृत्व

0
130

बुटवल । बुटवल–११, देविनगरमा क्रियाशील देवसिद्ध समाज सुधार तथा विकास समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पूर्णानन्द गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सचिवमा यज्ञप्रसाद न्यौपाने र कोषाध्यक्षमा डम्बरबहादुर थापा रहनुभएको छ ।
यस्तै कार्यसमिति सदस्यहरुमा बेदप्रसाद पौडेल, मणिप्रसाद अधिकारी, गंगा ज्ञवाली, मनोज कुमार विक, मिना खत्री, युवराज खनाल, हरिप्रसाद घिमिरे रहनुभएको छ । सोही अवसरमा देवसिद्ध सामुदायिक हलको उद्घाटन समेत गरिएको समितिका निवर्तमान सदस्य लोकराज शर्माले जानकारी दिनुभयो ।
यसअघि समाजको साधारणसभा समाजका अध्यक्ष कमल नेपालको अध्यक्षता तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बुटवल नगर विकास समितिका पूर्वसभापति खेलराज पाण्डे, वडाध्यक्ष रामचन्द्र क्षत्री, जनप्रतिनिधिहरु सुष्मा अर्याल, रणबहादुर थापा, माया दर्नाल, दिपावली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद न्यौपानेलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
यस्तै देवस्थल मन्दिर समितिका अध्यक्ष पूर्णानन्द गिरी, देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरत पाठक, महिमा ज्योती मण्डलीका अध्यक्ष मनोहर पाठक, समाजसेवीहरु मनोज राना, महेन्द्र भुसाल, मञ्जु भुसाललगायतले पनि बोल्नु भएको थियो ।
संस्थाकी सह–सचिव रनमाया चापागाईंको स्वागत, सचिव यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नयाँ नेतृत्व चयनका लागि मनोहर पाठक संयोजक र लक्ष्मी ओली तथा रेश्मीराज न्यौपाने सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here