तिलोत्तमाको ड्राईभरटोलमा होटल टुलिप सञ्चालनमा

0
3166

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राईभरटोलमा होटल टुलिप प्रा. लि. सञ्चालनमा आएको छ । ‘स्टार लेभल’ को सुविधासम्पन्न होटलमा स्वीट, मिनि स्वीट र डिलक्स गरी २४ वटा कोठा रहेका छन् । ड्राईभरटोल चोकदेखि पश्चिम ५० मिटरको दुरीमा रहेको होटलमा हाल ३५ जनाले रोजगारी पाएको प्रमुख कार्यकारी अधिकृत यदुराज बरालले जानकारी दिनुभयो ।
होटलमा रेष्टुरेन्ट एण्ड वार, पार्टी प्यालेस, कन्फ्रेन्स हल, एक्जुकेटिभ हललगायतका सुविधा रहेका छन् । होटलले केही समयभित्रै स्वीमिङ पुल, पार्लरसहितको स्पा र जिमको समेत सुविधा दिने उहाँले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकामा एकपछि अर्को होटल थपिँदै गर्दा टुलिपले सेवा सुरु गरेको हो । ‘हामीले स्टार लेभलको सुविधा प्रदान गर्नेगरी होटल सञ्चालनमा ल्याएको छौं ।’ प्रमुख कार्यकारी अधिकृत बरालले भन्नुभयो, ‘यहाँबाट सेवा लिनेहरुले अवश्य पनि फरकपनको अनुभव गर्नुहुनेछ ।’
होटलमा लाइभ गजल गायनको समेत व्यवस्था गर्नेगरी काम अघि बढाइएको छ । रुपन्देहीमा सुविधासम्पन्न होटलको आवश्यकतालाई पूरा गर्नेगरी टुलिप सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here