विद्युतीय व्यवसायीको साधारणसभा तयारीका सन्दर्भमा छलफल

0
231

बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघको आसन्न साधारणसभाको तयारीका सन्दर्भमा सोमबार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । संघको सातौं साधारणसभा आउँदो शनिबार बुटवलमा हुँदैछ । बैठकले साधारणसभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न हालसम्म भएका कामहरुको समीक्षा गर्नुका साथै अन्य कामको योजना समेत बनाएको छ ।
बैठकमा गाउँ तथा नगर समितिका तर्फबाट साधारणसभामा रहने सहभागिताको बारेमा सम्बन्धित क्षेत्रका नेतृत्वकर्ताहरुले जानकारी गराउनुभएको थियो । बैठकले अध्यक्ष प्रकाशचन्द्र पाण्डे, महासचिव लोकनाथ पोखरेल तथा कोषाध्यक्ष केशवकुमार सिंह (सुजित) ले साधारणसभामा पेश गर्ने प्रतिवेदन पारित गरेको छ । संघको यसअघिका बैठकले साधारणसभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष हरिहर ज्ञवालीको संयोजकत्वमा तयारी समिति गठन गरेको थियो ।
यस्तै द्धितीय उपाध्यक्ष शान्तराज खरालको संयोजकत्वमा अतिथि सत्कार, सचिव चन्द्रकान्त भण्डारीको संयोजकत्वमा साउन्ड तथा मञ्च व्यवस्थापन, सह–कोषाध्यक्ष सूर्य कुँवरको संयोजकत्वमा खाना व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
बैठकमा संघका सल्लाहकार तथा विद्युतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष अनन्तमान थैव, अर्का सल्लाहकार तथा महासंघका केन्द्रीय सदस्य नारायणबाबु बस्नेतलगायतले साधारणसभाका सन्दर्भमा विभिन्न सुझावहरु दिनुभएको थियो । बैठक संघका अध्यक्ष प्रकाशचन्द्र पाण्डेको अध्यक्षता तथा महासचिव लोकनाथ पोखरेलको सञ्चालनमा भएको हो । समितिमा हाल दुई सय पचास विद्युतीय व्यवसायीहरु आवद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here