पुष्प सहकारीको १९ औं साधारणसभा

0
203

बुटवल । बुटवल–७ पुष्पनगर स्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सो अवसरमा संस्थाका सल्लाहकार समेत रहनुभएका बुटवल नगर प्रमुख सुवेदीले सहकारीलाई बहुउद्देश्यीयको मर्मअनुसार काम गर्न सुझाव दिनुभयो । समाजको आर्थिक–सामाजिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण भूमिका रहने नगर प्रमुख सुवेदीले प्रष्टाउनुभयो ।
सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष तिमल्सेनाले संस्थाको कार्यक्षेत्र बुटवल नगरपालिकाबाट विस्तार गरी रुपन्देही जिल्ला कायम गराउन थालिएको जानकारी दिनुभयो । उहाँले सदस्यहरुको बीमा, आकश्मिक उपचार स्वरुप चालिस हजारसम्म विनोधितो कर्जालगायतका व्यवस्था सहकारीले मिलाएको बताउनुभयो । संस्थामा हाल ७१८ सदस्य रहेकोमा महिलाको संख्या ४१२ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा चार लाख तीन हजार मुनाफा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा पूर्व सांसद देवेन्द्र घिमिरे, वडाध्यक्ष कमलप्रताप थापा, विभिन्न सहकारी तथा संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिएका थिए । उपाध्यक्ष युवराज अमगाईंको स्वागत तथा सचिव कल्पना थापाको सञ्चालनमा कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here