मणिग्राममा ध्रुपद शास्त्रीय संगीत कार्यक्रमको तयारी

0
235

तिलोत्तमा । तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा मणिग्राममा शास्त्रीय संगीतको कार्यक्रम हुने भएको छ । माघ ५ गते मणिग्राम स्थित बागेश्वरी संगीतालयमा कार्यक्रम आयोजना गरिएको हो ।
ध्रुपद शास्त्रीय संगीतको कार्यक्रम ‘राग रंजन’ मा विशाल भट्टराई, इनोउवे सोको जुगल गायनमा मुकेश शाक्यले पखावज वादन गर्नेछन् । प्रायः लोप भैसकेको प्राचीन संगीत विद्या ‘ध्रुपद’ तानपुरामा साधाना गर्ने विद्यार्थीहरुका लागि उपयोगी मानिन्छ । निःशुल्क प्रवेशको यस कार्यक्रमको सह–आयोजकमा वागेश्वरी संगीतालाय र ध्रुपद गुरुकुल काठमाडौं रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here