अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सबै प्रकारको सहयोग गर्छौं

0
425

बुटवलमा चलिरहेको मेगा एजुकेशन फेयर २०१८ मा आप्mनो स्टलमार्फत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अष्ट्रेलियाको विषयमा शैक्षिक परामर्श दिंदै आइरहेको संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा. लि.का निर्देशक रोशन कँडेल सँगको कुराकानीः–

उच्च शिक्षाका लागि उचित गन्तब्य अस्ट्रेलिया भनी लेख्नु भएको छ यसको उद्देश्य के हो ?
हाम्रो संस्था अस्ट्रेलियालाई आधारभूमि बनाएर खोलिएको कम्पनी हो । नेपालस्थित हाम्रो कम्पनी त्यहीँ अस्टे«लियाली कम्पनीको शाखा हो । हाल यस कम्पनीका प्रबन्ध निर्देशक संजीवकुमार शर्मा एवं निर्देशक बद्री अर्याल दुबै जना नेपाली मूलका अस्ट्रेलियन नागरिक हुनुहुन्छ । उहाँहरु विगत २० वर्षदेखि अस्ट्रेलियामा हुनुहुन्छ । अस्ट्रेलियाका हरेक सन्दर्भहरुका ज्ञाता उहाँहरु नेपालका लागि अष्ट्रेलियन माइग्रेसन एजेन्ट पनि हुनुहुन्छ । सबैलाई विदितै भएको कुरा हो कि अस्ट्रेलियाको शिक्षा अन्तर्रा्ष्ट्रिय रुपमा मान्यता प्राप्त छ । त्यहाँ रहेका सीमित विश्वविद्यालयहरुलाई त्यहाँको सरकारले आफैले प्रत्यक्ष निगरानीमा चलाइरहेको छ । यसकारणले गर्दा अन्य मुलुकमा जस्तो शैक्षिक व्यवस्थापनमा उतारचढावको स्थिति त्यहाँ छैन । त्यहाँको सबैभन्दा राम्रो पक्ष भनेको अष्ट्रेलिया इज नट वन्ली फर अष्ट्रेलियन अष्ट्रेलिया इज फर अल हो । त्यहाँको इतिहास हेर्ने हो भने त्यहाँका खास पुराना स्थानीय बासीहरु एकदम कम छन् । विश्वको छैठौं विशाल मुलुक तर जनसंख्याका दृष्टिले नेपालभन्दा पनि कम रहेकाले त्यहाँको सरकारी नीति नै दक्ष तथा प्रतिभाशाली विदेशीहरुलाई आप्रवासन दिने भएकाले अहिले त्यहाँ विश्वभरका मान्छेहरुको ओइरो लागेको देखिन्छ । त्यहाँको सरकारले नै विश्वभरकै मेधावी विद्यार्थीहरुलाई भित्र्याउने नीति लिएको छ । त्यहाँ गएका विद्यार्थीहरु पूर्ण रुपमा सन्तुष्ट भएको पाइन्छ । हाल आएर नेपालका प्राय सबै मुख्य शहरहरु, अष्ट्रेलियाका सबै शहरहरु, बंगलादेश, भारत, चाइना, हंगकंग, वियतनाम, अफ्रिकालगायत विश्वका विभिन्न ठाउँमा गरि करिव एक हजार व्यक्तिले यस संस्थाका लागि काम गर्दछन् । हामीले नेपाललगायत विश्वबाट ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया भित्र्याइ सकेको अनुभवका कारण पनि हामी अस्ट्रेलियामा नै केन्द्रित छौं ।
आई ई एल टी एसका कक्षाहरु पनि संचालन गर्नु भएको छ ?
हो । हाम्रो नेपालका सबै शाखाहरुमा यो तालिम संचालन गरेका छौं । हामी ब्रिटिश काउन्सिल एवं आई डी पीको आधिकारिक संस्था हौं । हामीले शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरेका छौं । हाम्रा सबै शिक्षकहरु विदेशबाट सम्बन्धित विषयमा उच्च शिक्षा हासिल गर्नुका साथै पाँच देखि पन्द्र वर्ष सम्मका अनुभवी हुनुहुन्छ । अन्तर्राष्ट्रिय स्तरको अडियो भिडियो मल्टीमिडिया, प्रोजेक्टर, स्मार्ट टिभी, डिजिटल स्मार्टबोर्डबाट सुसज्जित कक्षाकोठामा एकै समयमा ८० जना (३ कक्षाकोठा) अध्यापन गराउन सकिने व्यवस्था छ । तालिममा हाम्रो उद्देश्य कक्षा समय पूरा गर्नु भन्दा पनि एक पटक भर्ना भइसकेपछि आइ इ एल् टि एसमा जबसम्म राम्रो नतिजा आउँदैन उसलाई पटक पटक निःशुल्क पढाउने व्यवस्था गरेको छौं ।

रुपन्देहीमा रहेका अन्य कन्स्लटेन्सी भन्दा एक्सपर्टलाई कसरी फरक देखाउनुहुन्छ ?
रुपन्देहीका सबै शैक्षिक परमार्श केन्द्र आफुमा दक्ष एवं मेरो नजरमा सम्माननीय हुनु हुन्छ । हाम्रो संस्थाको बारेमा भन्नु पर्दा अस्ट्रेलियाका सबै राज्यमा हाम्रा कार्यालयहरु रहेका छन् जहाँ अन्य देश सहित नेपाली करिब तिन सय जना नेपाली कर्मचारी हुनुहुन्छ । सन् २०१३, १४, १५, १६, १७ मा अष्ट्रेलियाका कतिपय विश्वविद्यालयमा सबैभन्दा बढी विद्यार्थी भित्र्याएकाले त्यहाँका विश्वविद्यालयले हामीलाई सबैभन्दा उत्कृष्ट र बृहत् कन्सल्ट्यान्सीका रुपमा विश्वास र सम्मान पनि गरेका छन् । हामीले अस्ट्रेलियाबाहेक अन्य मुलुकका लागि काम नगर्ने भएर पनि यस्तो विश्वास जागेको हुनुपर्दछ । नेपालमा पनि यस कम्पनीका काठमाडौँ, पोखरा, नारायणगढ, बुटवल, भैरहवा, दाङ, बिर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज, कावासोती, टाँडी, हेटौंडा र बिराटनगरमा शाखा कार्यालयहरु छन् । यी कार्यालयहरुमा करिब तीन सय जना नेपाली कर्मचारीहरु कार्यरत छन् । प्रायः यी सबै कर्मचारी विदेशबाट उच्च शिक्षा हासिल गरेर आएका छन् । हामी अस्ट्रेलिया जाने विद्यार्थीका हकमा स्टुडेन्ट भिजाका निम्ति डकुमेन्ट बनाउने, हाइ प्रोफाइल भएका महानुभावहरुका हकमा विजनेस तथा भिजिट भिजामा जान चाहनेलाई डकुमेन्ट, यहाँबाट सिधै विश्वविद्यालय एवं अष्टे«लियन हाइ कमिशनसंग सहकार्य गरि गर्दछौं । विद्यार्थी नेपालबाट अष्ट्रेलिया पुगि सकेपछि त्यो राज्यमा विद्यार्थीका लागि अति आवश्यक सम्पूर्ण कार्यहरु (हेल्थ इन्सुरेन्स, बैक एकाउन्ट क्रियसन, टयाक्स फिलिङ, टेलिकम्युनिकेशन र माइग्रेसन) अष्ट्रेलियाका विभिन्न शहरमा बसि काम गर्दछौं । जुन कुरा अष्ट्रेलियामा रहनु हुने विद्यार्थी एवं अभिभावकलाई जानकारी छ । विद्यार्थीले सम्बन्धित विश्वविद्यालयबाट राम्रो शिक्षा हासिल गरे भने भोलिका दिनमा उनका बुवाआमादेखि अन्यलाई लैजानुपर्दा गर्नुपर्ने डकुमेन्टहरु पनि तयार गरिदिन्छौँ । हामीले प्रत्येक ३ महिनामा अस्ट्रेलियाका विश्वविद्यालयका प्रतिनिधि ल्याएर विद्यार्थीलाई प्रत्यक्ष काउन्सिलिङ गराउने गरेका छौँ । अस्ट्रेलियाका प्रायः सबै विश्वविद्यालयमा नेपालका सबै शाखाहरुबाट सिधै कागजात पठाएर भर्ना गर्ने हुँुदा हामी अन्यभन्दा फरक छौँ ।

आमविद्यार्थीहरु अस्ट्रेलिया जान गाह्रो छ भन्छन, वास्तविकता के हो ?
यो बिल्कुल गलत कुरा हो । औपचारिक रुपमा अस्ट्रेलियाले स्टडी भिजा खोल्ने या बन्द गर्ने काम कहिल्यै पनि गरेको छैन । यो त अस्ट्रेलियामा पहुँच नभएका स्थानीय काउन्सिलिरहरुले मच्चाएको हल्लामात्र हो । त्यसको एउटा राम्रो पक्ष के छ भने जो साँच्चै पढ्न जाने हो उनीहरुका लागि अस्टे«लिया सरकारले हार्दिक स्वागत गरेको छ । अहिलेको अवस्थामा भन्ने हो भने नेपालका सबै “क” वर्गका बैंकबाट बनाइएका शैक्षिक कर्जालाई अष्ट्रेलियन विश्वविद्यालयले मान्यता दिएको अवस्था छ । विद्यार्थी एवं अभिभावकले ध्यान दिनुपर्ने कुरा म पढनु सक्नु र पढाउन सक्छु दुवै प्रकारले तयार हुने विद्यार्थीलाई संधै स्वागत गरेको छ । अब त्यहाँ विद्यार्थी भिसामा जाने विद्यार्थी दक्ष, शैक्षिक एवं आर्थिकरुपमा बलियो हुनु पर्छ । ‘पढ अनि आफ्नो देशमा फर्केर जाऊ र त्यस बिचमा विद्यार्थीले पढ्नका लागि लगानी गरेको रकम केही उठाऊ साथै यहाँको अनुभवलाई आफ्नो देशमा शेयर गर’ भन्ने उद्देश्यले पिएसडब्लु (पढाइ सकेपछि अनुभवका लागि काम) का लागि २ वर्ष बस्ने छुट दिएको छ । यसैबीचमा त्यहाँको पिआर प्रक्रियामा गएर त्यही बसोवास गर्न लागेका छन् भने कतिपय नेपालमै फर्केर राम्रा कम्पनीमा तथा कतिपय अन्य देशमा गएर राम्रो रोजगारीका साथ बसेका छन् । मेरो अनुभवमा अस्ट्रेलिया बन्द भएको होइन । बरु त्यस देशले अन्तर्रा्िष्ट्रय विद्यार्थीलाई अझै राम्रो वातावरण बनाइ दिएको छ ।
तपाईंहरुले समय समयमा विश्वविद्यालयका प्रतिनिधिसँगको सेमिनार गर्नुहुन्छ । त्यसले के मान्यता राख्छ ?
अति राम्रो प्रश्न सोध्नु भयो । वास्तवमा नेपालबाट स्टुडेन्ट भिजामा जाने विद्यार्थीहरुले त्यहाँका बारेमा विना अध्ययन अष्ट्रेलिया जाँदा धेरैले दुःख पाएको देखिन्छ । अनि अभिभावक पनि बच्चा अस्टे«लिया गयो अब पैसा कमाउँछ भन्ने सोचमा बसेको देखिन्छ । तर त्यहाँ गएर के गर्नु पर्छ ? कस्तो शिक्षा लिनु पर्छ ? कुन विश्वविद्यालयमा जाँदा राम्रो हुन्छ ? कुन विश्वविद्यालयमा पढन कति लाग्छ ? जानको लागि गर्नु पर्ने प्रक्रिया के हो ? आदि कुराहरु सेमिनारमा बुझ्न पाइने हुँदा विद्यार्थीले सेमिनारमा भाग लिन जरुरी हुन्छ र त्यसले अस्टे«लिया मात्र हैन अन्य देशमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीलाई पनि ठूलो मद्दत पु¥याउँछ । अब आउने सेप्टेम्बर महिनामा भैरहवामा पहिलो पटक वृहत सेमिनार करिब १० विश्वविद्यालय, रजिष्टर्ड काउन्सलर एवं माइग्रेशन एजेन्ट सहितको हुनेछ र सो सेमिनारको उद्देश्य उच्च शिक्षाका लागि अष्टे«लिया जान चाहने विद्यार्थीका जिज्ञासा मेटाउने त्यहाँ जानका लागि अति आवश्यक विषयमा विश्वविद्यालयका प्रतिनिधी, रजिष्टर्ड काउन्सलर एवं माइग्रेशन एजेन्टबाट फस्र्ट ह्यान्ड इन्फोरमेशन दिने हेतुले यो शैक्षिक सेमिनार आयोजना गर्न लागेका हौ । यो सेमिनारमा सहभागी हुने विद्यार्थीले हौसला स्वरुप निःशुल्क मोक टेष्ट, आई इ एल् टी एस तालिममा ५० प्रतिशत छुट पाउने छन् भने प्रवेशमा कुनै शुल्क लाग्ने छैन । शैक्षिक मेलामा विश्वबिद्यालयमा प्राप्त गर्न सकिने छात्रवृत्ति र विद्यार्थीका कल्याणकारी बिषयमा समेत परामर्श गरिने छ ।

अन्तमा, अभिभावक एवं विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?
मानिसले उच्चता प्राप्त गर्न उच्च शिक्षा हासिल गर्न चाहन्छ । यसरी उच्च शिक्षा हासिल गर्ने उद्देश्यले विद्यार्थीहरु विश्वका विभिन्न देशमा जान खोजेका हुन्छन् । विद्यार्थीले विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने सोच त बनाउँछ तर त्यहाँ जाँदा लाग्ने खर्च, पढाइको अवस्था र भोलिको भविष्यको बारेमा नेपालका विद्यार्थीको हकमा कम अध्ययन गरेको म पाउँछु ।
मेरो १५ वर्षको अनुभवमा विद्यार्थीले ‘सर मलाई सके अस्ट्रेलिया नभए अर्को कुनै देश पठाइदिनुहोस् न’ भनेको पाउँछु जो बिल्कुल गलत हो । विद्यार्थी एवम् अभिभावकले यसमा एकदमै गम्भीर भएर सोच्नु जरुरी छ । म जान खोजेको देशको अवस्था के हो ? म त्यहाँ गएर मैले सोचेको कुरा पाउन सक्छु वा सक्दिन ? अनि सबै भन्दा मुख्य कुरा म जुन पुल
(परामर्श केन्द्र÷दाता) प्रयोग गरेर जान खोजेको छु त्यो भरपर्दो छ या छैन ? त्यस पुलले मलाई आफ्नो गन्तव्यमा पु¥याउन सक्छ वा सक्दैन भन्ने कुरा राम्ररी बुझ्नुपर्दछ । हामी साँझ खाने तरकारी किन्न १० ओटा पसल चाहर्छौं तर सात समुद्रपारि पुग्ने एउटा व्यक्तिको भविष्यसँग जोडिएको विषयमा निर्णय गर्दा कसैले भनेको या मिठो बोलेको भरमा निर्णय गर्छौं। त्यसकारण विद्यार्थी एवं अभिभावकलाई म के भन्न चाहन्छु भने पहिले त्यसका बारेमा अध्ययन गर्नुहोस् । कुन विश्वविद्यालयमा जाँदा कति शुल्क लाग्छ ? कुन कोर्स गर्दा त्यस देशमा स्थायित्व हुन्छ ? अनि हामीलाई काउन्सेलिङ गर्न संस्थाको अवस्था, उसले दिने सुविधा अनि उसले त्यस युनिभर्सिटीमा आफै काम गर्छ या अरुलाई गराउँछ ? त्यो कुरा राम्ररी बुझ्नुहोस् ।
यदि आफै काम गरिदिन्छ भने ठिक छ तर होइन उसले अरुलाई गराउँछ भने त्यो अरुलाई तपाईं आफै खोज्नुहोस् । कन्स्टलटेन्सीमा म कुन देशमा जाऊँ ? के कोर्स गरुँ ? कति शुल्क लाग्छ ? यो कलेज या विश्वविद्यालय कहाँ पर्दछ ? शुल्क कति लाग्दो रहेछ ? ऊ त्यस कम्पनीको नेपाल प्रतिनिधि हो वा होइन ? हो भने मेरो काम गर्नुहोस् भन्न सक्ने हुनुहोस् । बल्ल भविष्यको सपना पूरा हुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here