मूल्याङ्कन सिद्धान्त र व्यवहारमा असङ्गति

0
68

कृष्णचन्द्र बस्याल
मूल्याङ्कन कुनै पनि व्यक्ति वा संस्थाको वस्तुपरक स्वतन्त्ररुपमा निश्पक्ष हुने गर्दछ भन्ने मान्यता जो कोहीले पनि राखेको हुन्छ । मूल्याङ्कनले दुनियाँभरि नै पर्याप्त महत्व पाएको हन्छ । मूल्याङ्कन किन गरिन्छ भन्ने सन्दर्भमा व्यक्तिले गरेको योगदान, विभिन्न सामाजिक संघसंस्थाले समाजप्रति खेलको भूमिकालाई सम्झेर योगदानको कदर स्वरुप दिइने पुरस्कारनै सच्चा मूल्याङ्कन भन्ने गरिन्छ । मूल्याङ्कनको तथ्याङ्कले विगतमा उसले गरेको ज्ञानआर्जनका बारेमा बताउँछ । राष्ट्रका लागि अविष्मरणीय रुपमा गर्ने योगदानमा विद्यालय तहमा विद्यार्थीहरुले प्राप्त गरेको सिकाइ कुन तहमा भएको छ भन्ने निक्र्याैल मूल्याङ्कनले गर्ने गर्छ । सिद्धान्तमाथि उल्लेख गरिएका कुराहरुले प्राथमिकता पाइरहेको हुन्छ । कार्यान्वयनको पाटोलाई नियाल्ने हो भने ठिक त्यसको विपरीत हुने गर्छ ।
मूल्याङ्कनको अस्तित्व शून्यमा हुँदैन । कैयौ विद्यार्थीको रुचि, अध्ययन तथा प्राकृतिक कार्यहरु प्रतिका दृटिकोण उसको सिकाई र मूल्याङ्कनअनुरुपका साथ गहिरो तवरमा गाँसिएका हुन्छन् भन्ने कुरामा पर्याप्त प्रमाण उपलव्ध गराइ मूल्याङ्कनका प्रकृया र पद्धतिको विकास हुनेगर्छ । मूल्याङ्कन साँधुरो घेराबाट माथि उठाउनुपर्छ ।
व्यक्ति विशेष, सामाजिक, राजनैतिक र साहित्य जुन क्षेत्रमा पनि मूल्यांङ्कनको आवश्यकता पर्छ । मूल्याङ्कन किन र कुन उद्देश्यले गरिँदैछ भन्ने स्पष्ट हुनुपर्छ । हचुवाको भरमा गर्ने मूल्याङ्कन या तानाशाही प्रवृतिद्वारा गरिने मूल्याङ्कन सिकाइको कुनै बेग्लै चरण होइन,सिक्ने सिकाउने प्रक्रियाकै अभिन्न अंग हो । शिक्षण–रणनीति अन्तर्गत मूल्याङ्कन प्रकिृयामा विद्यार्थीले के सिके भन्नेदेखि तिनलाई प्रश्न गर्न र चिन्तनशील सोचविचारसम्म समाविष्ट हुन्छन् ।
समाजमा भनौँ या कुनै पनि संस्था, साहित्य क्षेत्र, विद्यालय क्षेत्रलगायतमा हुने मूल्याङ्कनमा सरोकारवालाहरुले सिद्धान्त विधि संगत व्यवहारमा असंगतिका चरमरुप देखिँदै आएका छन् भन्ने तर्क राख्दै आएका छन् यस्ता स्वरहरु किन सुनिन्छन् ? यसको बहस र छलफल बेला–बेलामा हुने गर्छ । तर बीसको उन्नाईस हँुदैन । मुखले जे–जसरी शव्दद्वारा मूल्यांङ्कन निश्पक्ष हुन्छ भन्ने तर कालान्तर व्यवहारमा लागू नगर्ने परिपाटिले कैयौ वुद्धिजीवी, साहित्यकार, शिक्षकलगायतका प्रतिष्ठित व्यक्तिहरु चिन्तित देखिन्छन् । यसले गर्दा कतिपय सामाजिक संस्था राजनीतिक दल विद्यालय साहित्य संस्था धरासायी हुँदै गएको पाउँछौ ।
मूल्यांङ्कन वर्तमान अवस्थामा शिक्षा, राजनीतिक स्वास्थ्य, कृषि, सडकलगायत अरु विभिन्न क्षेत्रहरुमा हुनेगर्छ । अझै पेचिलो बन्दै गएको साहित्य क्षेत्रमा त प्राज्ञिक जमघट हुने ठाँउ हो । यस्तो ठाँउमा त मूल्यांङ्कन सही र निश्पक्ष हुनु पर्ने हो तर विडम्वना यस्तो भएको पाइँदैन । यी कुराहरु लेखिरहँदा वुद्धिजीवीहरुलाई अचम्म लाग्न सक्छ । म पनि छक्क परेको हुन्छु किनभने कुनै ठेकेदारलाई बाटो वा पुल निर्माणका लागि विधि संगत ठेक्कापट्टा दिइन्छ । त्यस बेला समय किटान गरिएको हुन्छ । त्यस वेलामा गर्नुपर्ने काम पुरा नगरेर कागजी काम कारवाही अगाडि बढाउँदै जाने तर जनताले शास्ती बेर्होदै जाने हुदा यसको मूल्यांङ्कन हुनुपर्ने होइनन् र ? यी त प्रतिनिधि घटना मात्र हुन् । हरेक क्षेत्रमा यस्तो खालको समस्या नेपाली जनताले बेहोर्नु परेकोले उनीहरु साह्रै चिन्तित देखिन्छ । अब म साहित्य क्षेत्र अथवा शिक्षा क्षेत्रसंग सम्बन्धित रहेर केही कुराहरु उठान गर्न चाहान्छु । साहित्य भन्ने वित्तिकौ कै कला प्रर्दशन गर्ने हो भन्ने बुझिन्छ । यस क्षेत्रमा लागेका व्यक्तिहरुको जमघट साहित्य संस्थाहरु खोल्ने क्रम जारी नै छ ।
तिनीहरुको प्रस्तावना वा उद्देश्य सम्पूर्ण साहित्य अनुरागीहरुलाई एकै ठाँउमा राखेर आ–आफ्नो कला प्रस्तुत गर्ने र साहित्य लेखनमा युवाहरु वा जो कोहीलाई पनि प्रेरित गर्ने संस्थाको जन्म भएको हुन्छ । नेपाली समाजलाई कला, भाषा र संस्कृतिको जगेर्ना गर्नका लाििग यस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यस्ता संस्थाहरु पञ्चायतकालदेखि हालसम्म धेरै खुलिसकेका छन् । यी संस्थाहरु मार्फत समाजसेवी वुद्धिजीवी, साहित्यिक साधनामा मनपराउनेहरुलाई पुरस्कारबाट सम्मान गर्ने चलन छ । यहाँनेर सही निष्पक्षता रुपबाट मूल्याङकन गर्ने परिपाटीको विभिन्न कोणबाट टिकाटिप्णी हुने गर्छ ।
त्यसैले मूल्याङकन प्रकिृयामा नै आफ्नो मान्छे, पार्टी नजिक व्यक्ति विशष्ो को सेरोफेरोमा रहिरहनु पर्ने, जतिसुकै लेखनकार्यमा निरन्तरता दिएतापनि माथि उल्लेखित कुराहरुको पालना भएका त्यस्ता व्यक्तिहरु सम्मानित हुन पाउन कठिन देखिन्छ । आफ्नै सेरोफेरोमा रहिरहनु पर्छ भन्ने अनि केही लेख्दै गरेका र केही लेखिरहेका व्यक्तिहरुलाई खिसीट्युरी गर्ने र लेखन कार्यबाट बन्चित गराउने काम आफूलाई महान सम्झने र मेरो मात्र गुणगान गराउनु पर्छ भन्ने कथाकार, गजलकार, कवि आदि बाट यस्तो मूल्याङ्कन भइरहेको छ भन्ने युवाहरुले आलोचना गरेको हुन्छन् । यस्तो मानसिकता भएका व्यक्तिहरुलाई समयमा नै पहिचान गरी परिर्वतन गर्नु मूल्याङ्कनको सही पाटो हुनेछ ।
शिक्षा क्षेत्रको कुरा गर्दा पनि सही मूल्याङ्कन लागि निष्पक्षता कै कुरा आउँछ । मूल्याङ्कने उद्देश्य विद्यार्थी माथिल्लो कक्षामा जानु र उनीहरुको प्रगति तथा फेल पासलाई मानिन्छ । तर मूल्याङ्कको यो उद्देश्यनै होइन । विद्यार्थीहरुले पनि आफै कामको मूल्याङ्कन गर्दै आएका हुन्छन् । वस्तुलाई परीक्षण गरी मूल्याङ्कन गर्नु पर्ने हुन्छ । विडम्वना शिक्षकहरुबाटनै विद्यार्थीको कापी परीक्षण नगरी आफ्नो तरिकाले नम्वर दिने र मिहनेत गरी राम्रो लेखेका विद्यार्थीमाथि अपमानित हुने गरी गर्ने मूल्याङ्कनले शिक्षा क्षेत्रको गरिमामाथि आँच आउने काम गर्ने शिक्षक वा त्यससँग सम्बन्धित व्यक्तिहरुलाई किन दण्डित गरिँदैन ? आज शिक्षा क्षेत्रमा सरोकार राख्ने सरोकारवालाहरुले प्रश्न उठाइरहेको छन् । त्यसैले शिक्षकले विधि र पद्धति अनुसार मूल्याङ्कन गर्ने परिपाटी बसाल्ने हो भने पक्कै पनि यस्तो आवाज सुनिने छैन ।
शिक्षा, स्वास्थ्य जस्तै राजनीतिकको पनि मूल्याङ्कन गर्ने परिपाटी त्यस्तै हालत रहेको पाउँछौँ । मानिसले राजनीतिलाई समाजसेवा भन्दा पनि कमाउने र खाने माध्यमको रुपमा बुझिरहेको हुन्छन् । त्यसैले गर्दा सबैभन्दा असर राज्यशक्तिको बाँडफाँँडमा परिरहेको हुन्छ । विभिन्न बापत लागेका, तस्कर, गुण्डा, चोरी आदिमा संलग्न रहेका व्यक्तिहरुलाई पाटीले अगाडि बढाएका हुन्छन् तर पुराना त्यागी, दल र राष्ट्रलाई महत्वपूर्ण योगदान गरेका व्यक्तिहरु अगाडि बड्न दिँदैनन् । उनीहरु निरास भई निष्क्रिय अवस्थामा देखिन्छ । केवल चैते र नवप्रवेशी अर्थात् आर्थिक सहयोग गरेका व्यक्तिहरुको हालिमुहालीले गर्दा राजनीतिनै धमिलो हुँदै गएको कुरा राजनीतिज्ञहरुले बताइरहेका छन् । त्यसैले यसलाई शुद्धीकरण र राम्रो बनाउनका लागि सिद्धान्त अनुसार व्यवहारमा पनि सही मूल्याङ्कनकोे आवश्यकता पर्ने जनविश्वास रहेकोछ ।
त्यसैगरी समाजको चौथो अंगको रुपमा रहेको सञ्चार क्षेत्रको पनि निष्पक्ष मूल्याङ्कननै टिकाटिप्पणी हुने गर्छ । तथापि पुरस्कार वितरण सम्मान तथा नियुक्ति गर्ने विषयमा भने आफ्नो मान्छे, दलको मान्छेको विल्ला पहिरेकौ हुनु पर्ने कथा कथित वर्षमा एक दुईवटा लेखक कार्यगर्न गर्नेलाई पुरस्कार तथा सम्मान पाउने तर निरन्तर लेखिरहने जो कोही व्यक्तिलाई सम्मानको भागिदार हुनबाट बञ्चित गराउने परिपाटीले गर्दा यस क्षेत्रको मूल्याङ्कने विश्वसनियतामाथि प्रश्न उठिरहेको पाउछाँै । त्यसैले यस्ता रवैया हुन बन्द गरिनु नितान्त आवश्यक देखिन्छ ।
अन्त्यमा, मूल्याङ्कन निरन्तर चलिरहेने प्रकिृया हो । सिद्धान्त यो जुनक्षेत्रमा पनि गर्नु पर्ने विषय वस्तु हो । मूल्याङ्कन गर्ने व्यक्ति वा संस्था निष्पक्ष हुनुपर्छ । मूल्याङ्कको दार्शनिक आधार पनि निष्पक्षता नै हो । मूल्याङ्कनलाई बेथितको रुपमा, ढाल्ने काम विभिन्न क्षेत्रमा गरिएको छ । त्यसलाई रोक्नु नितान्त आवश्यक देखिन्छ । मूल्याङ्कन गर्ने क्रममा ध्यान दिनु पर्ने कुरा के होे भने प्रत्येक क्षेत्रमा मूल्याङ्कन पारदर्शी रुपमा भयो कि भएन । जस्तै विद्यार्थीहरुले परीक्षा दिन्छन् । उनिहरुको कापी परीक्षण नगरी मनखुसीले शिक्षकले नम्वर दिन्छन् । त्यसको मूल्याङ्कन कसले गर्ने ? त्यसको अनुगमन गर्ने निकाय को हो ? भन्नेमा अन्यौल देखिन्छ । त्यसैगरी अस्पतालमा एउटा डाक्टरले विरामीको उपचार गर्नु पर्ने पेटको तर उसले उपचार गरिदिन्छ घाटीको अनि विरामीको मृत्युसम्म भईदिन्छ । के त्यो डाक्टरलाई मूल्याङ्कन गरी कारवाही गरिएको छ त ? मानवको प्रत्यक्ष रुपमा असर पु¥याउने फलफुल, तरकारीलगायत खाद्य वस्तुमा समेत बढी मात्रामा किटनाशक औषधी प्रयोग गरी ७५% रोगी बनाउने किसानलाई कसले अनुगमन गर्ने ? अनि सुशासनका कुरा गरिरहेका हुन्छन जस्तै सवारी चालक अनुमति पत्र होस्,जग्गाको रजिष्ट्रेसन पास गर्दा होस् या नाप नक्साको कुरा गर्दा होस नेपालमा यी क्षेत्रमा त प्रत्यक्ष जनताले भोगेका समस्याहरु छन् ।
यीवाहेक नजानिदो किसिमबाट दालली प्रवृत्ति तस्करी हरेक क्षेत्रमा विकृतिको रुपमा मौलाएको छ । जनताको करबाट भत्ता खाने स्थायी सरकार कर्मचारीबाट पनि बेला बेलामा बेथित र रकम नदिइकन काम नगर्ने परिपाटी पनि उत्तिकै सनसनीपूर्ण अवस्था छ । एउटा योजना भनौ जस्तै बाटो, पुल अर्थात् विद्यालय निर्माण गर्दा प्राविधिक तथा लेखा काम गर्ने कर्मचारीबाट कुनै न कुनै रुपबाट प्रतिशतको रकम घटाएर भुक्तानी दिने चलन के गणतन्त्रका सरकारले लागू गरेको हो ? होइन भने तुरुन्तै मूल्याङ्कन तथा अनुगमन गरी कारवाही गर्नु नितान्त आवश्यक देखिन्छ । मूल्याङ्कन सिद्धान्तमा राम्रो भए पनि कार्यान्वयन गर्दा अनुगमन गर्ने निकाय नै फितलो हुँदा माथि उठाउन गरिएका कुराहरुले विकृतिको रुपमा फैलिएकोछ । त्यसलाई रोकथाम गनका लागि निष्पक्ष र पारदर्शी रुपबाट मूल्याङ्कनलाई अगाडि बढाएको खण्डमा पारस्परिक चरित्रमा गुणात्मक परिर्वतन भई असंगतिका स्वरहरु बन्द हुनेमा कसैको पनि दुईमत हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here