बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता

0
50

बुटवल, असार ८ । रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आज बुटवलमा ‘बुटवलमा श्री प्रथम प्रदेश नम्बर पाँच स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७५’ हुँदै छ । बुटवल हाटबजारस्थित कान्ति माविको सभा हलमा हुने प्रतियोगिताको दिउँसो २ बजे प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा ५५ जना पुरूष र ५ जना महिलाको सहभागिता रहने रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेताले ५० हजार रूपंैयाँ पुरस्कार पाउनेछन । गत वर्ष ताराबहादुर थापाले उपाधि चुमेका थिए ।
गत वर्षसम्म अञ्चल स्तरीय प्रतियोगिता यस वर्षबाट प्रदेशस्तरीय बनाइएको श्रेष्ठको भनाइ छ । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी सम्मका समूहका रहेका छन् । सो अवसरमा अन्तर्राष्ट्रिय खेलाडीहरू सम्मानका साथै विविध सांस्कृतिक कार्यक्रमहरू पनि हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here