‘कुमार सानु लाइभ इन लुम्बिनी’

0
94

बुटवल, असार ८ । भारतका प्रख्यात गायक कुमार सानुको लुम्बिनीमा एकल सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी भदौ १ गते शुक्रबार इफोर इन्टरटेनमेन्टको आयोजनामा काठमाडौं बाहिर पहिलो पटक कुमार सानुको एकल साँझ हुन लागेको हो ।
कुमार सानु ९० दशकका सर्वाधिक चर्चित तथा रुचाइएका गायक हुन् । उनले हालसम्म २० हजार गीतमा स्वर दिएका छन् । सानुले नेपाली गीत संगीतमा ५ सय भन्दा बढी आवाज भरेका छन् । एकल साँझमा सानुले नेपाली र हिन्दी गरी ३० वटा गीत गाउनेछन् भने उनीसँगै नेपाली चर्चित गायिका देवीका बन्दनाले पनि गीत गाउनेछिन् ।
उक्त एकल साँझमा दुई हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको इफोर इन्टटेन्मेन्टका सिइओ दीपक घिमिरेले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताए । बुद्ध जन्मस्थल लुम्बिनी आउने कुमार सानुको चाहना रहेकाले त्यसको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् । कार्यक्रम ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ । उनले गाउने ३० गीतहरु लाइभ ब्याण्डसहित हुने गायिका देविका बन्दनाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here