पढाउने शैलीका विषयमा शिक्षकलाई तालिम

0
72

बुटवल,साउन ३ । शिक्षकहरुको क्षमता विकास र शिक्षणशैलीको विकास गराउने उद्देश्यले बुटवलमा दुईदिने शिक्षक क्षमता अभिवृद्धि तालिम बिहीबारबाट बुटवलमा सञ्चालन भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल एन प्याब्सन रुपन्देहीले कक्षा एक देखि १० सम्म अध्ययन हुने सामाजिक र गणित विषयका विषयगत शिक्षकका लागि तालिम दिएको हो । कक्षा एक देखि १० सम्मका गणित र सामाजिक विषयका प्रकाशक सुभारम्भ, एलाइट र एशिमा पब्लिकेशनका लेखकहरुले पुस्तकका पाठ र अभ्यासका बारेमा विद्यार्थीलाई पढाउने र सिकाउने तरिकाका बारेमा शिक्षकलाई तालिम दिएका छन् ।
एन प्याब्सन रुपन्देहीका उपाध्यक्ष तिलब केसीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य बालाकृष्ण तिवारी, प्रदेश नम्बर ५ का उपाध्यक्ष विष्णु पौडेल र सहसचिव बाबुराम बञ्जाडेलगायतले विषयगत शिक्षकका लागि शैक्षिक अभ्यास र विद्यार्थीलाई पढाउने र सिकाउने सरल शैलीका बारेमा जान्ने अवसर तालिमले दिने हुँदा शिक्षामा गुणस्तरीता आउने बताए । तालिम कार्यक्रममा रुपन्देहीका तीन दर्जन विद्यालयका दुईसय बढी शिक्षक र महिला शिक्षकहरुको सहभागिता रहेको एन प्याब्सनका रुपन्देही सचिव जेबी क्षेत्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here