गुरुको महत्व बुझाउन विद्यार्थीलाई शिक्षकको भूमिका !

0
141

तिलोत्तमा, साउन ११ । रुपन्देहीको तिलोत्तमा–८ प्रदीपनगर स्थित कुँवरवर्ती इंलिस बोर्डिङ स्कूलमा शुक्रबार फरक तरिकाले गुरुपूर्णिमा मनाइएको छ । विद्यार्थीलाई शिक्षक÷शिक्षिकाको भूमिका दिएर गुरुपूर्णिमा मनाइएको हो । गुरुको महत्व बुझाउन विद्यार्थीलाई शिक्षक÷शिक्षिकाको भूमिकामा प्रस्तुत गरिएको प्राचार्य दीपक खनालले बताए ।
शुक्रबार एक दिन विद्यार्थी नैं प्राचार्य, सह–प्राचार्य, शिक्षक÷शिक्षिकाको भूमिकामा रहे । प्राचार्यको भूमिकामा रहेका विद्यार्थी बसन्त पोखरेलले शिक्षकको महत्व बुझ्न यस प्रकारको अभ्यास निकै नौलो रहेको अनुभव सुनाए । उनी कक्षा १० का विद्यार्थी हुन् । यस्तै सह–प्राचार्यको भूमिकामा रहेका असिम अर्यालले समाजमा शिक्षकको महत्व महत्वपूर्ण रहने कुराको अनुभव आफूहरुलाई भएको उल्लेख गरे ।
यस्तै सह–प्राचार्यकैं भूमिका रहेका अर्का विद्यार्थी सुजन सुवेदीले यस प्रकारको अभ्यासले शिक्षकको जीवनशैली बुझ्ने अवसर आफूहरुले पाएको बताए । यसैबीच कुँवरवर्तीमैं कक्षा ११ र १२ का विद्यार्थीहरुले समेत शुक्रबार गुरु पूर्णिमा मनाएका छन् । उनीहरुले शिक्षकहरुलाई सम्मान गरी गुरु पूर्णिमा मनाएका हुन् । सन्दिप ज्ञवालीको अध्यक्षता, विद्यालयका प्राचार्य दीपक खनालले प्रमुख आतिथ्यता, महेन्द्र काफ्लेको सञ्चालनमा रहेको कार्यक्रममा शिक्षकहरु शंकरदत्त उपाध्याय, प्रकाश गौतम, विद्यार्थी आरती गौडेल, गौरव विकलगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here