जनउत्थानको ऊर्जा कर्जा सुरू

0
366

रुपन्देही, साउन ११ । बुटवलमा प्रधान कार्यालय रहेको जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंक लिमिटेडले उर्जा कर्जा सुरू गरेको छ । शुक्रबार रूपन्देहीको सैनामैनामा एक कार्यक्रम आयोजना गरी बैंकले ७ वटा विभिन्न योजनामा आधारित उर्जा कर्जाको औपचारिक शुभारम्भ गरेको हो ।
बैकका अध्यक्ष बावुराम विश्वकर्माले सक्षम परियोजना अन्र्तगत् साना लद्युउद्यम तथा आयआर्जन कार्यहरुका लागि कर्जा दिने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको बताए । उनले स्वच्छ तथा जलबायु अनुकुल उर्जाको पहुँच सहज बनाउन उर्जा कर्जाले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
बैंकले सुरु गरेको कर्जा रुपन्देही, कपिलबस्तु, नवलपरासी, दाङ, बर्दिया र कञ्चनपुरमा एकसाथ सुरू भएको हो । बैंकले घरेलु तथा व्यवसायिक प्रयोजनका लागि सुधारिएको चुलो, बायोग्याँस प्लान्ट, सोलार वाटर हिटर, सनफ्लावर पम्प, सोलार रेफ्रिजेरेटर, सोलार सौर्य विद्युत प्रणाली र सोलार कन्डक्सन ड्रायरमा कर्जा दिने बैंकका कार्यकारी प्रमुख श्रीराम पोखरेलले जानाकारी दिए ।
बैंकले सोलार रेफ्रीजेरेटरका लागि १ लाख ७० हजार सम्म बार्षिक १६ प्रतिशत घट्दो व्याजदरमा ३ बर्ष सम्म क्रृण लगानी गर्नेछ । त्यस्तै सोलार वाटर हिटरका लागि ६० हजार, सोलार पम्पका लागि ८५ हजार, बायो ग्याँसका लागि ३ लाख, सोलार कन्डक्सन ड्रायरका लागि ४५ हजार, सौर्य विद्युत प्रणालीका लागि २० लाख रुपैयाँसम्म बढीमा १६ प्रतिशत व्याजमा ३ बर्षका लागि क्रृण पाईनेछ । उक्त कर्जामा व्यक्तिगत कर्जा समुहको जमानीमा २ लाख र २ लाख भन्दा बढिमा धितो आवश्यक पर्नेछ ।
बैंकले ९६ करोड लगानी र २४ करोड निक्षेप संकलन गरेको पोखरेलले जानकारी दिए । कार्यक्रममा समक्ष परियोजनाका प्रतिक देवकोटा, विनरक ईन्टरनेशनलकी निरा भट्ट, सुर्योदय उर्जा कम्पनीका नन्दन अर्याल, अजम्बरी विकास फाउण्डेसनका ज्ञानेश्वरप्रसाद शर्मा, घरेलु बायो गोवर ग्यास कम्पनीका मधु बस्याल, कोशती टेडिङ कन्र्सन प्रा.लि.का सागर कोईराला, पत्रकार रुद्रहरी कुँवर, ईन्द्र बरालीलगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here