शिक्षक महासंघ विस्तार

0
61

सैनामैना, साउन ११ । शुद्धोधन गाउँपालिकामा नेपाल शिक्षक महासंघ विस्तार भएको छ । रुपन्देही जिल्लामा गत असार २६ गते नेपाल शिक्षक महासंघ सहमतिको आधारमा गठन गरी सोह्रओटै स्थानिय तहको महासंघ गठनको घोषणा भएको थियो । उक्त घोषणा कार्यक्रममा शुद्धोधन गाउँपालिकामा शिक्षक संगठनका खिमानन्द भुसालको अध्यक्षतामा शिक्षक महासंघ शुद्धोधन गाउँपालिका घोषणा भएको थियो । जसको सहअध्यक्षमा एन्टोका चन्द्रमणि कँडेल र शिक्षक संघका रविनाथ पाण्डेय उपाध्यक्ष र संघकै माधव ज्ञवाली सचिव पदका लागि नाम घोषणा भैसकेको थियो ।
बाँकी रहेका अन्य पदहरुमा शुक्रवार बसेको विस्तारित बैठकले सदस्यता थप गरेको छ । जसमा केन्द्रीयस्तरमा भएको सहमतिका आधारमा सहसचिवमा शिक्षक संगठनका नारायणदत्त उपाध्याय र सहअर्थ सचिवमा कर्मचारी परिषद्का तिर्थराज गौतम चयनभएका छन् । त्यस्तै संस्थागत सहसचिवहरुमा नेपाल शिक्षक संघका ठागेप्रसाद चौधरी, संगठनका गणेश खनाल, एन्टोका वैजनाथ चौधरी, कर्मचारी परिषद्का कमला थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शिक्षक संघबाट गोविन्द श्रेष्ठ, देवकी चौधरी, रामनयन विक, शिक्षक संगठनबाट राजिव सुवेदी, रमा कँडेल, एन्टोबाट कल्पना पौडेल र कर्मचारी परिषद्बाट गिता मरासिनी चयन भएका छन् ।
विस्तारित भेलाका प्रमुख अतिथिसमेत रहेका नेपाल शिक्षक महासंघ जिल्ला रुपन्देहीका सचिव लिलाधर न्यौपानेले भेलालाई सम्बोधन गर्दै महासंघले राजनीति स्वार्थबाट माथि उठेर शिक्षकहरुका साझा समस्यालाई वकालत गर्दै अगाडि बढ्न र रुपन्देहीमा उदाहरणीय संघको रुपमा काम गरेर देखाउन सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै शिक्षक युनियन रुपन्देहीका पूर्व अध्यक्ष छविलाल पाण्डेले केन्द्रीय सहमतिको आधारमा महासंघको गठन भएको हुँदा सबैको साथ लिएर महासंघले पेसागत हकहितका लागि काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा कर्मचारी परिषद्का ५ नं. प्रदेश सल्लाहकार लक्ष्मण ज्ञवाली, शुद्धोधन गाउँपालिका शिक्षक संघका अध्यक्ष रामजी पौडेल, संगठनका अध्यक्ष रामप्रसाद ज्ञवाली, कर्मचारी परिषद्का अध्यक्ष कपिलदेव कोहार र खजुरिया प्राविका प्रअ हरिदेवी भण्डारीलगायतको उपस्थिति रहेको भेलाको सञ्चालन सचिव माधव ज्ञवालीले गरेका थिए । भेलाले साउन १८ गते मनोनित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउने निर्णयसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here