ब्यारेक बनाउन बजेट छैन, ‘नचाहिने’ ठाउँमा जग्गा किन्न २ करोड !

45

नेपाली सेनाले माओवादी द्वन्द्वका बेला सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर अझै विस्थापित हुन सकेको छैन । तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङले आर्थिक ०६६/०६७ बाट १० वर्षे परियोजना बनाएर बंकर विस्थापित गर्ने योजना अघि सारेका थिए । तर हालसम्म ५७ प्रतिशत संरचना मात्र निर्माण भएका छन् ।

पर्याप्त बजेट विनियोजन नहुँदा बंकर विस्थापन कार्यले लक्ष्य हासिल गर्न नसकेको जंगीअड्डाको भनाइ छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार मुलुकका बंकर विस्थापित गर्न पाँच हजार नौ सय ७३ वटा संरचना बनाउन आवश्यक छ । यसका लागि कुल २८ अर्ब रुपैयाँ खर्च हुने अनुमान जंगीअड्डाको थियो ।