उत्तरी गोरखामा हेलिकप्टरबाट लगियो कोरोना खोप

53

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोना भाइरसविरुद्धको खोप ढुवानी गरिएको छ । शनिबार सिम्रिक एयरको हेलिकप्टर मार्फत तीन हजार डोज भेरोसेल खोप लगिएको हो ।

‘हिजो नै लाने भन्ने थियो, तर मौसम खराव भएका कारण काठमाडौंबाट हेलिकप्टर आउन सकेन,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने । शनिबार दुई खेप गरेर खोप ढुवानी गरिएको उनले बताए । खोप ढुवानीका लागि माउण्टेन चाइल्ड नामक संस्थाले हेलिकप्टरको ढुवानी भाडा व्यहोरेको प्रजिअ पौडेलले जानकारी दिए । ‘हामीले संस्थालाई अनुरोध गर्‍यौं, संस्थाले ढुवानी गरिदिनुभयो,’ उनले भने ।