तिलोत्तमा । फागुन २६ गते । पीएम कप अन्तर्गत आज तीन खेल भैरहेका छन् । आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् । यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा भैरहेको छ। बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो ।
त्यस्तै अर्को खेल लुम्बिनी र नेपाल पुलिस क्लबबीच हुने र यो खेल तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा भैरहेको छ । लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो ।
त्यसैगरी तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भैरहेको छ । यो खेल दाङको लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा जारी छ । त्यस्तै सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने गण्डकीले आज पहिलो खेल खेल्दै छ ।