काठमाण्डौ विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

पहिलोमा भारतको दिल्ली रहेको छ । दिल्लीको सूचकांक दुई सय ३० छ । त्यस्तै तेस्रोमा बङ्गलादेशको ढाका रहेको छ । त्यसपछि पाकिस्तानको लाहोर र कुवेत छन् । यसअघि विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदुषित देशहरुको सूचीमा नेपाल सातौ नम्बरमा पुगेको उल्लेख छ ।
तिलोत्तमाखबर

तिलोत्तमाखबर – काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि चल्न नसकेकाले प्रदूषणको मात्रा बढेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा मौसम धुम्मिएको छ । केही दिनयता आकाश खुल्न सकेको छैन । पानी पनि पर्न नसक्दा वायु प्रदूषणको मात्रा अस्वस्थ स्तरमा पुगेको छ ।

वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअरसूचकका अनुसार काठमाण्डौ आज विश्वकै दोस्रो बढी प्रदूषित शहरको सूचीमा छ । काठमाण्डौमा बिहान ९ बजे आईक्यू एअर सूचकांक एक सय ८४ रहेको छ ।

पहिलोमा भारतको दिल्ली रहेको छ । दिल्लीको सूचकांक दुई सय ३० छ । त्यस्तै तेस्रोमा बङ्गलादेशको ढाका रहेको छ । त्यसपछि पाकिस्तानको लाहोर र कुवेत छन् ।

यसअघि विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदुषित देशहरुको सूचीमा नेपाल सातौ नम्बरमा पुगेको उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा